नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने एमालेले टुङ्ग्यायो लुम्बिनी प्रदेशका मन्त्रीको नाम                
समाचार :

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघमा पदस्थापना

बुटवल, माघ ।
लुम्बिनी फलफुल तरकारी  थोक व्यवसायीको १६ औ बार्षिक साधारण सभा तथा छैठौ साधारण सभाबाट निर्वाचित बाबुराम भुषाल नेतृत्वको समितिको पदस्थापना गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी बुटवल उपमहानगरपालिका  का उप प्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यतामा पद स्थापना गरिएको हो ।
कार्यक्रममा बोल्दै उप प्रमुख अर्यालले  व्यवसायीहरुले अन्य क्षेत्रमा उत्पादित बस्तु विक्रि वितरण मात्रै नभएर सामुहिक रुपमा कृषि तथा फलफुल जन्य बस्तुको उत्पादनमा लाग्नुपर्ने बताईन । उनले यसको लागि स्थानीय तहले सहयोग गर्न तयार रहेको प्रतिवद्धता समेत जाहेर गरिन् । उनले  बुटवलका विभिन्न स्थानमा अहिले पनि विभिन्न जग्गा कृषि योग्य भूमीका लागि तयार रहेपनि उपयोगमा नआएको विषयमा छलफल गरी त्यसलाई टुंगोमा पु¥याएर  भूमीको उपयोग गर्न सकिने  बताईन ।
स्थानीय तह व्यवसायी, किसान, तथा उपभोक्ताहरुको पक्षमा जहिले पनि तयार रहेको भन्दै उनले व्यवसायीहरुका समस्या छलफलबाट टुंगोमा पु¥याउने समेत प्रतिवद्धता जनाईन । कार्यक्रमा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपानेले  व्यवसायीहरुले स्वदेशमा नै उत्पादित बस्तु विक्रि वितरण गर्नका लागि व्यवसायीक रुपमा उत्पादनमा लाग्नुपर्ने बताएका थिए ।
यस्तै बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष तथा लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघका संस्थापक अध्यक्ष घनश्याम भुषाल(गोपाल)ले  व्यवयायीक उत्पादनमा जोडीएर कृषि जन्य उत्पादनमा व्यवसायीहरुले लाग्नु अवको विकल्प नभएको बताएका थिए ।
निर्वतमान जनप्रतीधी तथा सल्लाहकार जगदिशचन्द्र आचार्यले सहकारी मार्फत अव उत्पादनमा लाग्नुपर्ने बताएका थिए ।   रुपन्देही उद्योग संघका उपाध्यक्ष कृष्ण पराजुलीले ले अहिलेको जटिल आर्थिक अवस्थामा तीनै तहका सरहकारले व्यवसायीहरुलाई राहतको प्याकेज ल्याउनुपर्ने बताएका थिए ।
उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले व्यवसायीक मर्यादा कायम गरी व्यवसायमा लाग्न सुझाव दिए  । रुपन्देही व्यापार संघका महासचिव दयानिधी भण्डारीले व्यवसायी पछिल्लो समयमा भाडा लगायत कच्चा पदार्थको मुल्यवृद्धिको कारण विस्तापित हुनुपर्ने अवस्था आएको भन्दै सरकारी निकायबाट भाडादर कायम लगायतका विषयमा निर्णय गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा हाट बजार व्यवसायी समितिका अध्यक्ष टेक बहादुर जिसी, टोल विकास समितिका अध्यक्ष यादव गैरे, पुर्व अध्यक्ष तथा निर्वाचन समितिका सदस्य केशव कुँवर लगायतले बोल्दै नयाँ निर्वाचित समितिले रचनात्मक कार्यमा लाग्नुपर्ने  कुरामा जोड दिएका थिए ।
१६ औ बार्षिक साधारण सभा तथा छैठौं अधिवेसनबाट पुनः सर्वसम्मतरुपमा बाबुराम भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको थियो । जसको बरिष्ठ उपाध्यक्ष मोह्मद याकुव, उपाध्यक्षमा अमृत भट्राई, महासचिवमा मेघराज पौडेल र सचिवमा जीवलाल पाण्डे, कोषाध्यक्षमा मनिषकुमार  र  सदस्यहरु बसन्ती खड्क, सरस्वती आचार्य , अंकित कुमार कान्दु, प्रकाश पाण्डे, लेखनाथ बस्याल, टेकराज पन्थी र मनौवर राईन चयन भएका थिए

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार