भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

शाइन रेसुंगा नाफा बृद्धि दरमा सबै विकास बैंक भन्दा अगाडि

राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरु मध्ये शाइन रेसुंगा डेभलपमेन्ट बैंकले नाफा बृद्धि दरमा सबैंलाई पछि पार्दै नम्बर एक भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांश बैंकको नाफा घट्दा शाइन रेसुंगाले भने गत आवको सोही अवधिको तुलनामा २३.१८ प्रतिशतले बृद्धि गरेर सबैलाई पछि पारेको हो ।

राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा समग्रमा २०.९१ प्रतिशतले घटेको हो । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक सहित ३ वटा बैंकको नाफा भने बढेको छ ।
चालु आवको ६ महिनाको अवधिका सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले कुल २ अर्ब ५३ करोड २३ लाख ६३ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवेधिमा यी बैंकहरुले कुल ३ अर्ब २० करोड १७ लाख ४४ हजार रुपैयाँ नाफा कमाएका थिए ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकको मात्रै नाफा बढेको छ ।

बैंकका सिईओ प्रकाश पौडेल

गत आवको सोही अवधिको तुलनामा शाइन रेसुङ्गाको नाफा २३.१८ प्रतिशतले बढेर ४२ करोड ९६ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ३४ करोड ८८ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो । मुक्तिनाथ विकास बैंकको नाफा ३.९६ प्रतिशतले बढेर ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासको अवधिमा बैंकले ६० करोड २४ लख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, गत आवको सोही अवधिको तुलनामा गरिमा विकास बैंकको नाफा १.८६ प्रतिशतले बढेर ५० करोड २१ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ४९ करोड २९ लाख ५३ हजार रुपैयाँ थियो ।

ज्योति विकास बैंक, सांग्रिला विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंकको नाफा घटेको छ । नाफा घटेका ५ वटा बैंकहरुमध्ये सबैभन्दा धेरै प्रतिशतले नाफा ज्योति विकास बैंकको घटेको छ । बैंकको नाफा ८९.९० प्रतिशतले घटेर ३ करोड ४७ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३४ करोड ४० लाख १६ हजार रुपैयाँ थियो ।

कामना सेवा विकास बैंकको नाफा ४३.०१ प्रतिशतले घटेर १९ करोड ५८ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ थियो ।

यस्तै, सांग्रिला डेभलपमेन्टको नाफा ३६.३८ प्रतिशत, लुम्बिनी विकास बैंकको २५.७८ प्रतिशत र महालक्ष्मी विकास बैंकको नाफा ३०.७४ प्रतिशतले घटेको छ ।

यस अवधिमा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा १६ करोड ६५ लाख ६३ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको नाफा ३१ करोड ६० लाख ४६ हजार रुपैयाँ र लुम्बिनी विकास बैंकको नाफा २६ करोड १० लाख ६७ हजार रुपैयाँ रहेको छ ।

गत आवमा सांग्रिलाको नाफा २६ करोड १८ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ३५ करोड १७ लाख ४४ हजार रुपैयाँ र कामना सेवा विकास बैंकको ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित