रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

शाइन रेसुंगा नाफा बृद्धि दरमा सबै विकास बैंक भन्दा अगाडि

राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरु मध्ये शाइन रेसुंगा डेभलपमेन्ट बैंकले नाफा बृद्धि दरमा सबैंलाई पछि पार्दै नम्बर एक भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांश बैंकको नाफा घट्दा शाइन रेसुंगाले भने गत आवको सोही अवधिको तुलनामा २३.१८ प्रतिशतले बृद्धि गरेर सबैलाई पछि पारेको हो ।

राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा समग्रमा २०.९१ प्रतिशतले घटेको हो । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक सहित ३ वटा बैंकको नाफा भने बढेको छ ।
चालु आवको ६ महिनाको अवधिका सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले कुल २ अर्ब ५३ करोड २३ लाख ६३ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवेधिमा यी बैंकहरुले कुल ३ अर्ब २० करोड १७ लाख ४४ हजार रुपैयाँ नाफा कमाएका थिए ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकको मात्रै नाफा बढेको छ ।

बैंकका सिईओ प्रकाश पौडेल

गत आवको सोही अवधिको तुलनामा शाइन रेसुङ्गाको नाफा २३.१८ प्रतिशतले बढेर ४२ करोड ९६ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ३४ करोड ८८ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो । मुक्तिनाथ विकास बैंकको नाफा ३.९६ प्रतिशतले बढेर ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासको अवधिमा बैंकले ६० करोड २४ लख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, गत आवको सोही अवधिको तुलनामा गरिमा विकास बैंकको नाफा १.८६ प्रतिशतले बढेर ५० करोड २१ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ४९ करोड २९ लाख ५३ हजार रुपैयाँ थियो ।

ज्योति विकास बैंक, सांग्रिला विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंकको नाफा घटेको छ । नाफा घटेका ५ वटा बैंकहरुमध्ये सबैभन्दा धेरै प्रतिशतले नाफा ज्योति विकास बैंकको घटेको छ । बैंकको नाफा ८९.९० प्रतिशतले घटेर ३ करोड ४७ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३४ करोड ४० लाख १६ हजार रुपैयाँ थियो ।

कामना सेवा विकास बैंकको नाफा ४३.०१ प्रतिशतले घटेर १९ करोड ५८ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ थियो ।

यस्तै, सांग्रिला डेभलपमेन्टको नाफा ३६.३८ प्रतिशत, लुम्बिनी विकास बैंकको २५.७८ प्रतिशत र महालक्ष्मी विकास बैंकको नाफा ३०.७४ प्रतिशतले घटेको छ ।

यस अवधिमा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा १६ करोड ६५ लाख ६३ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको नाफा ३१ करोड ६० लाख ४६ हजार रुपैयाँ र लुम्बिनी विकास बैंकको नाफा २६ करोड १० लाख ६७ हजार रुपैयाँ रहेको छ ।

गत आवमा सांग्रिलाको नाफा २६ करोड १८ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ३५ करोड १७ लाख ४४ हजार रुपैयाँ र कामना सेवा विकास बैंकको ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार