अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’                
समाचार :

शान्ति सुरक्षा र सेवा प्रवाहलाई चुस्त बनाउन मुख्यमन्त्री गिरीको निर्देशन

बुटवल । लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले आज माघ ८ गते रूपन्देहीका सुरक्षाका अधिकारीहरुसँग छलफल गरेका छन । सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै गिरीले शान्ति सुरक्षा व्यवस्था र सेवा प्रवाहलाई प्रभावकारी एवम् सहज बनाउन निर्देशन दिए ।
मुख्यमन्त्री संगको छलफलमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, रुपन्देही प्रहरी प्रमुख (एसपी) रवीन्द्र रेग्मी, सशस्त्रका प्रहरीका प्रमुख गगन श्रेष्ठ र अनुसन्धान कार्यालयका प्रमुख सँग मुख्यमन्त्री निवास बुटवलमा छलफल गरेका थिए ।
गिरीले बजारमा अराजकता हुन नदिन, उपभोक्ता हीतमा केन्द्रित रहन, सामाजिक सद्भाव कायम राख्न, गौरवका आयोजनाका काममा सुरक्षा प्रबन्ध मिलाउन, जनतामा शान्ति सुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्न निर्देशन दिए । सो अवसरमा प्रजिअ पाण्डेले जिल्लामा रहेका सरकारी भवनको व्यवस्थापन र स्थानान्तरणका लागि मुख्यमन्त्रीबाट निर्देशनात्मक आदेशको आग्रह गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार