संजीवनीको १० औ साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न बजारमा प्रतिस्पर्धा गर्न व्यवहारिक शिक्षा आवश्यकता छ– प्रदेश प्रमुख शेरचन प्रदेश आयोग लुम्बिनीको सदस्यमा कपिलवस्तुका खनाल र रोल्पाका वली नियुक्त साढे ३ महिनामा ७४ हजार पर्यटकले चढे लुम्बिनी केबलकार आर्थिक ‘मन्दी’ मा पनि लयमा ‘एभरेष्ट कन्फर्ट फुड वेयर’, बार्षिक ५० करोड बढिको कारोबार लुम्बिनीका सामाजिक विकासमन्त्री भन्छन्- शिक्षकका जायज माग पूरा गर्नुपर्छ तिलोत्तमाका सवै गाई गोरुमा लम्पी स्किन विरुद्धको खोप लगाईयो बसन्तपुरमा ४० लाखको जीपलाइन सञ्चालन बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जना पक्राउ सम्झ्नामा कर्मयोगका प्रतिकः स्व. खड्ग बहादुर अर्याल                
समाचार :

माघ १५ भित्र नगरका सदस्यहरुको नविकरण जिल्ला कमिटीलाई बुझाउने एमाले बुटवल नगरको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल उपमहानगरपालिका सचिवालयको बिस्तारित बैठक बुधबार सम्पन्न भएको छ । बैठक एमाले पार्टी कार्यलय सुख्खानगरमा सम्पन्न भएको हो ।

नेकपा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले यही माघ १३ गते भित्र सम्पुर्ण पार्टीका सदस्यहरुको नबिकरण सम्पन्न गरी नगर कमीटीमा पेश गर्ने र माघ १५ गते भित्र पार्टी जिल्ला कमिटीलाई बुझाउने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य न्यौपानेले पार्टीमा आवद्ध सदस्यहरुले आ आफनो जिम्मेवारीका साथ सदस्यता नविकरण गर्न अनुरोध गरे। न्यौपानेले कोही कसैको एक्लो प्रयासले मात्रै कुनै पनि ठाँउमा सफलता हासिल गर्न नसकिने बताउदै पार्टीमा आवद्ध सबै सदस्यहरु जुझारु हुन आवशयक रहेको बताए । पार्टी थप मजबुद हुदै गएको बताउदै आगामी दिनमा पनि एक ढिक्का भएर लाग्न न्यौपानेले अनुरोध गरे ।

यही माघ १५ गते भित्र नबिकरण नभएका सदस्यहरुको नबिकरण रोकिने भएकाले समयमै नबिकरण गर्न अनुरोध गरिएको नेकपा एमाले बुटवलनगर अध्यक्ष किसन ज्ञवालीले बताए ।

बैठकमा प्रदेश इन्चार्ज गोपाल राना ,जिल्ला इन्चार्ज ऋषिराम पाण्डे, जिल्ला सचिव यज्ञ गैहै्र ,लगायतले बोलेका थिए । बैठकको सञ्चालन पार्टीका नगर सचिव मेघराज भट्टराईले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार