रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

माओवादी जनयुद्धका ‘कमाण्डर’ तुलाराम घर्तीको सभामुख सम्मको यात्रा ईतिबृतान्त

बुटवल ।
बुटवल । लुम्बिनी प्रदेश सभामा सोमबार सभामुख पदका लागि मनोनयन दर्ता गर्ने समय थियो । साँझ ५ बजे सम्म मनोनयनका लागि अन्तिम समय दिइएकोमा माओवादी केन्द्रका तुलाराम घर्तीको मात्र मनोनय दर्ता भयो । उनको मनोनयनमा प्रस्तावक एमालेका भूमिस्वर ढकाल र समर्थकमा राप्रपाका आसिस चौधरी बने ।
सत्तागठबन्धनको भाडबन्डामा सभामुख माओवादी केन्द्रलाई परेको थियो । स्पष्ट बहुमत सत्तागठबन्धन संग रहेकै कारण प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवार नै नदिदाँ तुलाराम घर्ती (बसन्त) लुम्बिनी प्रदेश सभामा निविर्रोध निर्वाचित हुन पुगे ।
०६४ सालमा पाल्पा क्षेत्र नं. १ बाट संविधान सभाका उम्मेदवार, ०७४ साल प्रदेश सांसद हुँदै सचेतकको समेत जिम्मेवारी समालेका घर्ती लुम्बिनी प्रदेशको दोस्रो सभामुख बन्न पुगे ।
माओवादी जनयुद्धका कमाण्डर तुलाराम घर्ती उर्फ बसन्त अब संसदको कमाण्डर बनेका छन् । जनयुद्धमा उनले आफ्ना सैनिकलाई कमाण्ड गर्थे अब घर्ती प्रदेश सभाका सांसदहरुलाई सभामा कमाण्ड गर्नेछन् ।
२०२५ साल साउन १५ गते रोल्पाको रोल्पा नगरपािलका ३ मा जन्मिएका घर्ति २०४२ मा सपरिवार बसाइसराई गरी साविक कपिलबस्तुको शिवगढी हालको शिवराज नगरपालिका–९ मा बसाईसरी आएका थिए ।
त्यसपछि २०६८ सालदेखि उनीको परिवार त्यँहाबाट पनि बसाइ सरेर अहिले पाल्पाको तिनाउ गाउँपालिका–३ मा बसोबास गर्दै आएका छन् । समाज रुपान्तरण, राजनीतिक परिवर्तन, आर्थिक विकास र समृद्धिको सपना देख्ने घर्तीको राजनीतिक यात्रा ०४७ सालमा नेकपा मशालको पार्टी सदस्यता लिए संगै भयो । उनी शसस्त्र द्धन्द्धको समयमा ०५३ माघ २५ गते देखि ०६२ मंसिर सम्म भुमिगत समेत बने ।
२०४८ मा नेकपा मशालको इलाका सदस्य र शिवगढी सांस्कृतिक परिवारको सचिव भएका घर्ती २०५१ मा नेकपा माओवादी कपिलवस्तुको जिल्ला सदस्य, २०५२ मा अखिल भारत एकता समाज दिल्ली नगर समिति सचिव र समाजकै वैकल्पिक केन्द्रीय सदस्य बनेका घर्ति २०५३ देखि नेपाल आएर कपिलवस्तुदेखि भूमिगत भएका थिए । ०५४ चैतदेखि माओवादीको पाल्पामा जिल्लामा काजमा सरुवा भएका घर्ति २०५५ वैशाखदेखि कार्यक्षेत्र पाल्पालाई बनाएका थिए । २०५६ मा मगर राष्ट्रिय मुक्ति मोर्चा पाल्पाको अध्यक्ष भएका उनी २०५७ मा मगरात स्वायत्त मुक्तिमोर्चा पाल्पाको अध्यक्ष भए ।

यस्तै २०५८ मा माओवादी पाल्पा पश्चिम कमाण्ड इन्चार्ज, २०६० पापा पार्टी सचिव, २०६१ मा रूपन्देही इन्चार्ज भएर काम गरे । साथै २०६२ मा जनआन्दोलन दाङ देउखुरी कमाण्ड इन्चार्ज भएका घर्ति २०६४ मा पाल्पा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य उम्मेदवार बनेका थिए ।
२०६५ सालमा मगरहरुको साझा संस्था नेपाल मगर संघको केन्द्रिय महासचिब भएका घर्ति २०७० सालमा मगर संघको केन्द्रिय उपाध्यक्ष बने । २०७० सालमा नेकपा माओवादीको केन्द्रिय सदस्य बनेका घर्ती २०७४ साल प्रदेशसभाको निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २(ख) बाट लुम्बिनी प्रदेशसभाको सदस्यमा निर्वाचित भए ।
घर्ती २०७५ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भइ बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको पनि केन्द्रिय सदस्य बनेका थिए । नेकपा विभाजन पछि घर्ति नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेत बन्ने अवसर पाए । यस्तै २०७८ सालमा भएको माओवादीको आठौँ महाधिवेशनबाट घर्ति पोलिटव्युरो सदस्यमा चयन भए । घर्ती पाल्पाका माओवादी इन्चार्ज समेत हुन् ।
यस्तै २०७९ सालमा भएको प्रदेशसभाको निर्वाचनमा घर्ति पुनः पाल्पा २(ख) बाट लुम्बिनी प्रदेशसभामा निर्वाचत भए । एसएलसीसम्म अध्ययन गरेका सभामुख घर्तिले राजनीतिमा लाग्नु भन्दा अघि घर्तिले केही समय अध्यापन समेत गराएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार