रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

सप्ताहब्यापी कार्यक्रम गरि २८५९ औ सोनाम ल्होछार मनाउने तयारी

बुटवल । कोभिड संक्रमणको कारण दुई वर्ष नया वर्ष मनाउन नसकेका रुपन्देहीका तामाङहरुले यो वर्ष २८५९ औ सोनाम ल्होछार भब्य रुपमा मनाउने भएका छन । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले सप्ताहब्यापी कार्यक्रम गरि मनाउने भएको हो । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि कार्यक्रम अन्तरगत माघ ४ गते रक्तदान, माघ ६ पुष्पलाल पार्कमा दिप प्रज्वलन, ८ गते पुष्पलाल पार्कदेखि शान्तिपद यात्रा, तामाङ पुजासंगै शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाउने जिल्ला अध्यक्ष राजेश घिसिङले बताए ।
कार्यक्रममा घेदुङका केन्द्रीय सदस्य विरबहादुर लामाले सबै जातिको आआफनै ईतिहास भएको भन्दै त्यसमा पनि तामाङहरु उत्कृष्ट र वैज्ञानिक संस्कृति, रितिरिवाज अप्नाउने जातिमा पर्ने दाबी गरे ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष विरमान लामाले तामाङहरुको घरमा झण्डा राखेर पहिचान दिने, भाषा, संस्कृति संरक्षण गर्ने जस्ता कामहरु हुँदै आएको उनले बताए । लामोसमयको अन्तरालमा तामाङ जातिहरु आफनो मुल धर्म बुद्ध धर्म छोडेर बोन धर्मतर्फ आकर्षित हुदा केही समस्या उत्पन्न भएको उनले बताए । पछिल्लोसमय अधिकाशहरु पुरानै धर्ममा फर्किएको उनले बताए ।
कार्यक्रममा पुर्वअध्यक्ष कृष्ण बहादुर मोक्तानले दुई वर्ष कोभिड १९ संक्रमणकै कारण रोकिएको बताए । नेपालमा आफनै संस्कार, संस्कृति र पहिचान भएको तामाङहरु जातिगत एकता नभई संस्कार संस्कृति अप्नाउन कठिन भएको बेला स्थापना भएको उनले बताए । कार्यक्रममा प्रदेश सचिव सम्भु मोक्तान, युवा अध्यक्ष हसन्त लामा, संयोजक दिल बहादुर घिसिङले नया पुस्तामा तामाङ जातिको पहिचान र संस्कृति चिनाउन जरुरी रहेको बताए । देशभर र लुम्बिनी प्रदेशमा समेत तामाङहरु छरिएर रहेका छन । रुपन्देहीमा २ हजार ३ सय जनसंख्या रहेको अनुमान गरिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार