रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

तिलोत्तमा सहकारीको विवाद : पुनः निर्वाचन गर्न र अध्यक्षको तलब फिर्ता गर्न उजुरी

सहकारी ऐन विपरित भएको भन्दै तिलोत्तमा नगरपालिका–२स्थित तिलोत्तमा वहुमुखी सहकारी संस्थाको १०औं अधिवेशन अन्तर्गतको निर्वाचन पुनः गर्न तथा अध्यक्षले लिएको तलब फिर्ता गर्न माग गर्दै सहकारी विभागमा उजुरी परेको छ ।

सहकारीकै पुर्व सञ्चालक एवं शेयर सदस्य इश्वर पाण्डेले सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५,प्रदेश सहकारी ऐन २०७५ र नियमावली २०७६ प्रतिकूल हुने गरी निर्वाचनमा सहभागी हुन पाउने अधिकार वञ्चित गरिएको भन्दै उक्त निर्वाचन बदर गरी पुनः अधिवेशन गराउन लुम्बिनी प्रदेश अर्थ तथा सहकारी मन्त्रालय सहकारी विभागमा उजुरी दिएका हुन् ।

सहकारी ऐन अनुसार निर्वाचन प्रकृयामा चित्त नबुझे ३५ दिनभित्र उजुरी गर्न सकिने कानुनी व्यवस्था छ ।

सहकारीको अधिवेशनबाट माधवलाल देवकोटा अध्यक्ष निर्वाचित भएका थिए । देवकोटा अहिले तेस्रोपटक अध्यक्ष भएका हुन् ।

सहकारीका अध्यक्ष देवकोटाले कर्मचारीले जस्तै मासिकरुपमा २५ हजार रुपैयाका दरले पारिश्रमिक लिंदै आएको भन्दै यो काम सहकारी ऐन विपरित रहेको भन्दै हालसम्म बुझेको पारिश्रमिक र त्यसको ब्याज समेत जोडेर सहकारी संस्थाको खातामा फिर्ता गर्न समेत माग गर्दै सहकारी विभागमा उजुरी परेको छ ।

सहकारी ऐन अनुसार सञ्चालक समितिका पदाधिकारीले वैठक भत्ता मात्रै लिन पाउंछन् ।
सहकारी सिद्धान्त विपरित निर्वाचन प्रकृयामा निवर्तमान अध्यक्ष र सिस्टर सोसाइटीको सचिवालय अध्यक्ष स्वतः सन्चालक सदस्य हुने, सञ्चालक सदस्य हुन एक कार्यकाल उपसमिति सदस्य हुनुपर्ने जस्ता सहकारी ऐन विपरित प्रावधान राखेर सञ्चालक समितिमा आउन चाहने आम शेयर सदस्यलाई रोक्ने काम भएको सहकारीका जानकारहरु बताउंछन् ।

लुम्बिनी प्रदेश अर्थ तथा सहकारी मन्त्रालयका सहकारी रजिष्ट्रार भिमप्रसाद तिवारीले पुन अधिवेशन गर्न र अध्यक्षले लिंदै आएको पारिश्रमिक फिर्ता गर्न माग गर्दै परेको उजुरी दर्ता गरी आवश्यक अध्ययन थालेको बताए । सहकारीका अध्यक्ष माधवलाल देवकोटाले सहकारीका विषयमा अदालतमा मुद्दा परेकाले अदालतले फैसला गर्ला भन्दै थप प्रतिक्रिया दिन चाहेनन् ।

न्यूज बुटवल टुडे बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार