युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

लुम्बिनी प्रदेशमा माघ ३ गते सभामुख र उपसभामुख चयन हुँदै

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको चयन एकै दिन गरिने भएको छ । माघ ३ गते बस्ने प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चुनिने छन् । सुरुमा सभामुखको निर्णय हुनेछ भने त्यसपछि उपसभामुखको निर्णय हुनेछ ।

लुम्बिनीमा मुख्यमन्त्री, सभामुख र उपसभासमुखको दलगत भागबण्डा गरिएको छ । यहाँ एमालेले मुख्यमन्त्री पाइसकेको छ भने अब सभामुख नेकपा (माओवादी केन्द्र) र उपसभामुख राप्रपाले पाउने छ । यद्यपी सभामुख र उपसभामुखमा कसलाई अघि सार्ने भन्ने बारेमा माओवादी तथा राप्रपामा छलफल जारी छ ।

प्रदेश सभा सचिवालयले माघ ३ गते बस्ने प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । नेपालको विधानको धारा १८२ को उपधारा (१) र लुम्बिनी प्रदेश सभा नियमावली २०७९ कोनियम ७ बमोजिम प्रदेश सभाको सभामुख र उपसभामुख चयनको लागी निर्वाचित कार्यतालिका सार्वजनिक गरिएको छ ।

जेष्ठ सदस्य डिल्लीराज भुसालले निर्वाचनको मिति र समय निर्धारण गरेकाले प्रदेश सभा नियमावलीको नियम ७ को उपनियम (१) वमोजिम निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ । माघ २ गते सोमवार सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावहरुको सूचना दर्ता गर्ने कार्यतालिका छ । त्यस्तै सोही दिन ५ः३० बजे सभामुख र उपसभामुख पदमा प्रस्तावित उम्मेदवारहरुको सूची प्रकाशन गर्ने कार्यतालिका छ ।

माघ ३ गते मंगलबार सभामुख र उपसभामुख चयनको लागि लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाको बैठकमा क्रमश ः सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव सदस्यहरुले प्रस्ताव गर्ने, समर्थक सदस्यहरुले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावहरु माथि संक्षिप्त छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित