सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ
समाचार :

बुटवमा शनिबार माघेसक्रान्ती खाना महोत्सव- २०७९ : ५ सय रुपैयाँको प्याकेजमा लोकल बंगुरसहितको ९ परिकार

बुटवल । मगर संस्कृती र परम्पराको संरक्षण गर्ने उद्देश्यसहित बुटवलमा महोत्सव आयोजना हुने भएको छ । बुटवल-८ सुख्खानगरमा अवस्थित मगर खाजा घर एण्ड फेमेली रेष्टुरेन्टले  यही पौष ३० गते महोत्सवको आयोजना गर्ने भएको हो ।

मगर सँस्कृतीका विभिन्न नाचगानसहित परम्परागत परिकारहरु महोत्सवमा राखिने सञ्चालक वसन्त थापा मगरले बताए । सुपथ मूल्यमा परम्परागत परिकार उपलब्ध गराइने महोत्सवमा करिब ५ सयको सहभागिता रहने उनले अपेक्षा गरे । महोत्सवमा आउने दर्शक तथा सेवाग्राहीले ५ सय रुपैयाँको टिकट काटेपछि ९ वटा परिकार प्राप्त गर्ने छन् । सो मूल्य बराबरको टिकटमा खिचडी, जँगली तरुलको भुजरी, बारा, सेल, मिक्स अचार, पकौडा, इट्ली, चिकेन रोष्ट तथा लोकल बंगुरको मासुको परिकार खान पाउने छन् । यस बाहेक अन्य परिकारहरु समेत महोत्सवमा राखिने उनले बताए ।

शनिबार दिनको १२ बजेदेखि सुरुहुने महोत्सव राती १० बजेसम्म सञ्चालन हुने छ । विगतका वर्षहरुमा समेत खाना महोत्सव गर्दै आएका सञ्चालक थापाले हराउँदै गएको मगर सँस्कृतीको संरक्षणका लागि सालैजो नाचको विशेष प्रस्तुती रहने बताए । यसैगरी सहरीकरणसँगै हराउँदै गएको मगर परम्पराका खानाहरु बारे जानकारीसहित स्वाद उपलब्ध गराउने गंगा थापा मगरले बताइन । मगर समुदायको विशेष पर्वको रुपमा रहेको माघे संक्रान्तीलाई लक्षित गरि आयोजना गरिने महोत्सवमा २ लाख बढीको आर्थिक कारोबार हुने उनको अपेक्षा छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित