बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

बुटवमा शनिबार माघेसक्रान्ती खाना महोत्सव- २०७९ : ५ सय रुपैयाँको प्याकेजमा लोकल बंगुरसहितको ९ परिकार

बुटवल । मगर संस्कृती र परम्पराको संरक्षण गर्ने उद्देश्यसहित बुटवलमा महोत्सव आयोजना हुने भएको छ । बुटवल-८ सुख्खानगरमा अवस्थित मगर खाजा घर एण्ड फेमेली रेष्टुरेन्टले  यही पौष ३० गते महोत्सवको आयोजना गर्ने भएको हो ।

मगर सँस्कृतीका विभिन्न नाचगानसहित परम्परागत परिकारहरु महोत्सवमा राखिने सञ्चालक वसन्त थापा मगरले बताए । सुपथ मूल्यमा परम्परागत परिकार उपलब्ध गराइने महोत्सवमा करिब ५ सयको सहभागिता रहने उनले अपेक्षा गरे । महोत्सवमा आउने दर्शक तथा सेवाग्राहीले ५ सय रुपैयाँको टिकट काटेपछि ९ वटा परिकार प्राप्त गर्ने छन् । सो मूल्य बराबरको टिकटमा खिचडी, जँगली तरुलको भुजरी, बारा, सेल, मिक्स अचार, पकौडा, इट्ली, चिकेन रोष्ट तथा लोकल बंगुरको मासुको परिकार खान पाउने छन् । यस बाहेक अन्य परिकारहरु समेत महोत्सवमा राखिने उनले बताए ।

शनिबार दिनको १२ बजेदेखि सुरुहुने महोत्सव राती १० बजेसम्म सञ्चालन हुने छ । विगतका वर्षहरुमा समेत खाना महोत्सव गर्दै आएका सञ्चालक थापाले हराउँदै गएको मगर सँस्कृतीको संरक्षणका लागि सालैजो नाचको विशेष प्रस्तुती रहने बताए । यसैगरी सहरीकरणसँगै हराउँदै गएको मगर परम्पराका खानाहरु बारे जानकारीसहित स्वाद उपलब्ध गराउने गंगा थापा मगरले बताइन । मगर समुदायको विशेष पर्वको रुपमा रहेको माघे संक्रान्तीलाई लक्षित गरि आयोजना गरिने महोत्सवमा २ लाख बढीको आर्थिक कारोबार हुने उनको अपेक्षा छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार