भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

नेपालगन्जमा दादुराले महामारीको रूप लिएपछि खोप अभियान तीव्र

नेपालगन्ज उपमहानगरपालिकामा १ सातायता दादुरा महामारी फैलिएपछि बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप प्रदान गर्न सुरु गरिएको छ । शुक्रबारदेखि जोखिम देखिएका वडाहरूका ६ महिनादेखि १५ वर्ष उमेर समूहका करिब १० हजार ९ सय ९६ बालबालिकार्लाइ खोप लगाइँदै छ ।

दादुरा रुबेलाका लक्षण देखियमा नजिकको स्वास्थ्य सस्थामा सम्पर्क गरी बालबालिकालाई खोप लगाउन सबैलाई अनुरोध गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए । एक हफ्ताअघि ४ जनामा सत्रंमण देखिएको थियो । हालसम्म नेपालगन्जका ३१ जनामा दादुरा देखिएको छ ।

दादुराकै कारण बुधबार नेपालगन्जका एक बालकको मृत्युसमेत भइसकेको छ । एक सातायता तीव्र गतीमा फैलिरहेको दादुरा महामारीको अझैसम्म नियन्त्रणमा आउन सकेका छैन । एउटा टोल तथा बस्तीमा ५ जनासम्म दादुराका बिरामी देखापरेमा त्यसलाई महामारीका रूपमा लिने गरिन्छ ।

उपमहानगरका वडा नम्बर ५,७,८,१०,१५ र २२ का बालबालिकामा दादुरा धेरै देखिएको छ । स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले दिएको जानकारीअनुसार सबैभन्दा बढी ५–१५ वर्ष मुनिका बालबालिकामा दादुराको संक्रमण देखिएको छ । नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित