सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ
समाचार :

नवीन औद्योगिक स्कुलको ४७ औं बार्षिक उत्सव सम्पन्न

 

बुटवल ११ देविनगर स्थित नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयको ४७ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । एक साता अघि खेल सप्ताह सुरु गरिएकोमा शुक्रबार मुल समारोह कार्यक्रमको आयोजना गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खरेलको अध्यक्षता तथा रुपन्देही २(१) का प्रदेश सांसद लिला गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रमुख अतिथि गिरीले नविन औद्योगिक विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदान अतुलनिय रहेको भन्दै विद्यालयको शैक्षिण गुणस्तरलाई अझ माथी उठाउन आग्रह गरे । उनले विद्यालयको शैक्षिक र भौतिक विकासका लागि सधै आफु सहयोगी बन्ने प्रतिबद्धता समेत सो अवसरमा व्यक्त गरे ।

 

वि.स. २०३३ सालमा स्थापना भएको नविन औद्योगिक माध्यमिक विद्यालयमा हाल ४१ सय विद्यार्थीहरु रहेका छन् ।

विद्यालयका प्राचार्य प्रेम बहादुर बस्नेतले अहिले पनि सरकारले सामुदायिक विद्यालयलाई गम्भिर रुपमा नहेरेको बताउनुभयो । सामुदायिक विद्यालयहरु अव्वल बन्न सक्ने उदाहरण विद्यालयले पेश गरेपनि अझै निजी स्रोतबाट शिक्षक राख्नुपर्ने, प्रयाप्त भौतिक पुर्वधारको अभाव जस्ता समस्या विद्यालयमा हुँदा सोचे अनुरुपको नतिजा दिन नसकिएको बताउनुभयो ।

कार्यक्रममा शिक्षकहरु कपिलप्रसाद पौडेल, राजेश अग्रहरी र लक्ष्मी गौतमलाई दिर्घसेवी शिक्षक सम्मान बाट सम्मान गरिएको थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले शैक्षिक उन्नयनका लागि उपमहानगरपालिकाले विभिन्न कार्ययोजना बनाएको भन्दै उक्त योजनामा विद्यालय पनि सहभागि बन्न आग्रह गरे ।

कार्यक्रममा उपप्रमुख सावित्रा अर्याल, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी, बडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री लगाएतले बोलेका थिए ।

सोही अवसरमा बुटवलमा भएको १५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनीको अवसरमा आयोजित आईडलमा तेस्रो बनेकी एन्जिला खत्री क्षेत्रीलाई पनि सम्मान गरिएको थियो । नेपाली र अंग्रेजी माध्यमबाट अध्यायन हुने विद्यालयमा व्यवस्थापन, कानुन, शिक्षा, सिभिल ईन्जिनियरिङको अध्ययान हुने गर्दछ । विद्यालयमा कुल १६१ शिक्षक छन् । जसमा ८ जना मात्र स्थायी शिक्षक छन् भने सरकारी अनुदानबाट तलव खाने शिक्षकको संख्या ४१ छ । नीजि स्रोतबाट तलव खाने शिक्षकहरुको स.ख्या १२० रहेको छ ।

कार्यक्रम विद्यालयका सहायक प्राचार्य रोमनाथ घिमिरेको स्वागत तथा शिक्षक केशवराज पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित