रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

लुम्बिनीमा सरकार गठन प्रक्रिया सुरु, पुस २७ सम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा झण्डातोलन गर्दै प्रदेश प्रमुख अमिक शेरचन

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ती जारी गर्दै सरकार गठनका लागि आह्वान गरेको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते दिउँसो ४ बजेसम्मको समयावधि दिएर सरकार गठन गर्न दलहरुलाई आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका छन् ।

प्रदेशमा कुनै पनि राजनीतिक दलको एकल बहुमत छैन । त्यसैले कुनै दलको पनि बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ ।

लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय छ । यहाँ बहुमतको सरकार बनाउनका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ । संघको सत्ता समिकरण अनुसार लुम्बिनीमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग सरकार गठनका लागि बहुमत छ । सत्ताघटकसँग प्रदेशमा ५२ प्रदेशसभा सदस्य छन् । स्वतन्त्रबाट जितेका रोल्पाका दिपेन्द्र पुन पनि माओवादीमा प्रवेश गरेकाले यो संख्या ५३ पुगेका छ ।

प्रदेशमा नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४ प्रदेशसभा सदस्य छन् । यस्तै, जनता समाजवादी पार्टी र जनमत पार्टीका ३–३ प्रदेशसभा सदस्य छन् । विपक्षमा रहेका कांग्रेसका २७, लोसपाका ३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ जना र स्वतन्त्र २ जना प्रदेशसभा सदस्य छन् ।

यस हिसावले लुम्बिनीमा केन्द्रको समिकरण अनुसारै सरकार बन्ने देखिन्छ । लुम्बिनीको मुख्यमन्त्रीका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दावी गरेका छन् । यहाँ एमालेले सरकारको नेतृत्व गर्ने अवसर पाए संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्नेछन् भने माओवादीले पाए संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार