रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

भारतले इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम सञ्चालन गर्न अनुमति नदिँदा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान ठप्प

गत जेठ २ गते भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिकरूपमा सञ्चालनमा आउँदा यस क्षेत्रका उद्योगी, व्यवसायी एवं नागरिकमा छुट्टै उत्साह थियो। ४३ अर्बको विमानस्थलबाट ७ महिनासम्म त कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान पनि गर्यो्।

दशैंअगाडि दैनिक उडान गर्ने बताएको जजिराले यात्रु नपाएकै कारण केही दिन दैनिक उडान गरेर फेरि सातामा तीन वटा मात्र उडान गर्न थाल्यो। गत कात्तिक २३ गतेदेखि हिमालय एयरलाइन्सले पनि भैरहवा–क्वालालम्पुर उडान सुरु गर्योत।

भैरहवाबाट जजिरा र हिमालय एयरलाइन्सले उडान थालेपछि अन्य वायुसेवा कम्पनीहरू पनि उडान भर्न इच्छुक थिए। तर विडम्बना, अहिले भने भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्ने दुवै वायुसेवा कम्पनीले उडान स्थगित गरेका छन्। खराब मौसमले भिजिबिलिटी नपुगेको भन्दै जजिरा र हिमालयले सेवा नै रोकेका हुन्।

यसले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो हुन्छ या हुँदैन भन्नेबारे नै बहस सिर्जना गरेको छ।

यता विमानस्थल सञ्चालनमा आएपछि खुशी भएका यस क्षेत्रका व्यवसायीहरू चिन्तित बनेका छन्। विमानस्थलकै कारण यस क्षेत्रका व्यवसायीहरूले होटल, पर्यटकीय गन्तव्य, मनोरञ्जन लगायतका क्षेत्रमा लगानी बढाएका थिए।

‘राज्यको अर्बौँ रुपैयाँ लगानी भएको विमानस्थलबाट सात महिनामै अन्तर्राष्ट्रिय उडान भिजिबिलिटीले रोकिनु लाजमर्दो कुरा हो। यस्ता साना कुरालाई सरकारले बेलैमा सम्बोधन गर्नुपर्छ। यसतर्फ प्रशासनको पनि ध्यान जानु जरुरी छ’, नाटा लुम्बिनी प्रदेशकी अध्यक्ष रचना पन्तले भनिन्।

उनले प्राविधिक गडबडी भएकाले धमाधम पर्यटकहरूले बुकिङ क्यान्सिल गरेको समेत बताइन्।

जजिराले उडान थालेसँगै भैरहवाबाट उडान भर्न एक दर्जनभन्दा बढी एयरलाइन्सहरूले उडानमा चासो राखेको बताइए पनि अन्तिम समयसम्म जम्मा दुई वटा कम्पनीले मात्र उडान भरेका थिए।

यतिसम्मकी राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले विभिन्न कारण देखाउँदै सरकारले ताकेता गरे पनि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गरेको थिएन।

पछिल्लो पटक मङ्सिर १२ गतेदेखि नेपाल एयरलाइन्सले उडान भर्ने भने पनि अन्तिम समयमा आएर तयार अपुग भन्दै उडान नगर्ने बताएको थियो।

भैरहवा विमानस्थलका प्रवक्ता सुभाष झाले मौसमको कारण देखाउँदै गत डिसेम्बर १६ देखि हिमालय र २१ देखि जजिराले उडान–अवतरण स्थगित गरेको बताए। विमानस्थलका अनुसार इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम आईएलएस अर्थात थोरै भिजिबिलिटी हुँदा पनि जहाज उडान अवतरण गर्न सकिने उपकरण सञ्चालन नहुँदा हिमालय र जजिराले सेवा स्थगित गरेका हुन्।

हवाई उडान सञ्चालनका लागि सामन्यतया एक हजार ५०० मिटर भिजिबिलिटी आवश्यक पर्छ। अहिलेको मौसममा भैरहवामा साँझ–बिहानको भिजिबिलिटी ५–६ सय मिटर मात्रै हुन्छ। कहिलेकाहिँ त्यो भन्दा कम हुन्छ।

गौतमबुद्ध विमानस्थलमा जडान गरिएको क्याटगेरी–१ को आईएलएस सिस्टममा ५५० मिटरसम्म भिजिबिलिटी हुँदा पनि सहजै विमान उडान–अवतरण गर्न सकिन्छ। तर, उक्त उपकरण सञ्चालन नहुँदा कुवेतको जजिरा र चार्टर्ड उडान गर्दै आएको हिमालयले आफ्नो सेवा बन्द गरेका हुन्।

भिजिबिलिटी अर्थात् आँखाले देख्न सकिने दूरी कम हुँदा आन्तरिकतर्फ दैनिक हुँदै आएका २० देखि २५ उडान पनि आधा घटेका छन्।

भारतले आईएलएस सञ्चालन गर्न अनुमति दिएन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका अनुसार करिब १० करोड रुपैयाँ खर्चेर विमानस्थलमा क्याटगेरी–१ को आईएलएस उपकरण जडान भएको छ।

यो अत्याधुनिक मात्रै छैन, क्याटगेरी–२ का उपकरण समेत प्रयोग गरिएको छ। केही उपकरण थप गर्ने हो भने क्याटगेरी–२ अनुसारकै आईएलएस सञ्चालन गर्न सकिन्छ।

क्याटगेरी–२ को आईएलएस जडानले पूर्णता पाउँदा ३५० मिटरकै भिजिबिलिटीमा जहाज उडान–अवतरण गर्न सकिन्छ।

तर, नेपाल नागरिक उड्डयन प्राधिकरण र भारत सरकारबीच समन्वय नहुँदा भएको उपकरण समेत सञ्चालनमा आउन सकेको छैन। जाडो तथा वर्षाको समयमा लाग्ने बाक्लो हुस्सुका कारण जहाज उडान तथा अवतरण प्रभावित नहोस् भनी विमानस्थल निर्माणसँगै आईएलएस जडान गरिएको थियो। तर, उपकरण सञ्चालन नहुँदा उडानै रोकिएको छ।

व्यवसायी भन्छन्–पर्यटकले धमाधम टिकट रद्द गर्न थाले

लुम्बिनीमा आउने पर्यटकहरू भैरहवाबाट उडान स्थगित भएपछि अहिले धमाधम टिकट रद्द गर्न थालेका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले धेरै समयको प्रतीक्षापछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भए पनि ल्याएको प्रविधि समेत जडान नहुँदा उडान रोकिनु सरकारको कमजोरी रहेको बताए।

‘यसमा राज्यको मात्र लगानी भएको छैन। यही विमानस्थल सञ्चालनमा आएपछि हुने पर्यटकीय गतिविधिलाई बढाउन निजी क्षेत्रले अर्बौँ रुपैयाँ खर्चेका छन्। त्यसैले सरकारले यस विषयमा गम्भीर पहल गर्नुपर्छ’, उनले भने।

स्थगित हुनुअघि भैरहवाबाट अन्तर्राष्ट्रिय १५४ उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोबिन्दप्रसाद दाहालका अनुसार अन्तर्राष्ट्रिय उडान स्थगित हुनुअघि भैरहवा विमानस्थलबाट १५४ वटा उडान भएका छन्।

सुरुआती चरणमा सातामा तीन मात्र उडान गरेको जजिराले यात्रुको संख्यामा वृद्धि भएपछि गत भदौ ३१ गतेबाट दैनिक उडान सुरु गरेको थियो।

तर स्थानीयस्तरमा वैदेशिक रोजगारीमा जानेका लागि श्रम कागजात, मेडिकल जाँच लगायत सुविधा नहुँदा समस्या भएपछि भने जजिराले गत असोज १६ गतेबाट केही दिन बिराएर उडान गर्न थालेको थियो।

महाप्रबन्धक दाहालका अनुसार हिमालय एयरलाइन्सले गत कात्तिक १७ गतेदेखि यहाँबाट दैनिक मलेसिया चार्टर्ड उडान सुरु गरेको थियो।

उनका अनुसार विमानस्थलबाट १५४ अन्तर्राष्ट्रिय उडान २०२२ मे १६ देखि डिसेम्बर १८ सम्मको अवधिमा विभिन्न कम्पनीबाट भएका हुन्। उक्त अवधिमा १३ हजार ५९३ यात्रु अवतरण गरेको र १८ हजार २५ यात्रुले उडान भरेको उनले बताए।

उकेराबाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार