उपभोक्ता हित संरक्षण मञ्च बुटवलद्वारा शुभकामना आदान प्रदान तिलोत्तमाको योगिकुटीमा रहेको होटल पौवामा सरायँ नाच प्रस्तुत गरिने मासु व्यवसायी भन्छन्–‘बधशालामा काटेको मासु हामीले विक्रि गर्दनौं’ तपोभूमि बचत तथा क्रृण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा बुटवलमा सम्पन्न फेरी ल्यायो दिप एजुकेशनले उत्कृष्ट नतिजा अमरपथमा फेरी पस्यो लेदो सहितको भल (फोटाहरु) नेपाली लुगा घर र जुत्ता घरमा उपभोक्ताको थामिनसक्नु भीड (फोटो फिचर) चरङे भुमिगत खानेपानी तथा सरसफाई संस्थाको आयोजनामा रक्तदान सम्पन्न सामुहिक सहकारी संस्था तिलोत्तमा–३ को ३० औं वार्षिक साधारणसभा सम्पन्न मैनाबगरको पुरानो दिलसेर मासु पसलले बाख्रीको मासु बेचेको भेटियो                
समाचार :

प्रदुषण फैलाएको भन्दै लुम्बिनी चिनी मिलमा स्थानीयले गरे तालाबन्दी

बुटवल । पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलको मूल गेटमा स्थानीयले ताला लगाइदिएका छन् । उद्योगले प्रदुषण नियन्त्रणमा कुनै चासो नदिएको भन्दै आक्रोशित स्थानीयले तालाबन्दी गरेका हुन् ।

खरानीसहितको कालो धुँलोको कारण सास्ती खेप्दै आएका स्थानीयले पटकपटक उद्योगलाई प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण गराए पनि उद्योगले अटेर गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् ।

उद्योग सञ्चालनका क्रममा ईन्धनको रुपमा प्रयोग गरिने भुसबाट कालो धुलोको कणहरू सुनवल क्षेत्रमा फैलने गरेको छ । धुँलोले बालीनाली र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको भन्दै बुधबार स्थानीयको एक समूहले उद्योगमा तालाबन्दी गरी समस्या समाधान नभएसम्म उद्योग नचलाउन चेतावनी दिएको स्थानीय जीवन पौडेलले बताए ।

मानव स्वास्थ्यमा मात्रै होइन् धुँलोका कारण कपडा सुकाउन समेत नहुने अवस्था छ । साथै, हिडडुँल गर्न पनि अप्ठ्यारो भएको स्थानीयको भनाइ छ । उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले आफुहरुले प्रदुषण नियन्त्रणका लागि उपकरण खरिद प्रक्रिया सुरु गरेको बताउँदै केही दिनभित्रै समस्या समाधान हुने बताए । उद्योगले केही दिन अगाडिबाट उखु क्रसिङ्ग सुरु गरेपछि प्रदुषण फैलिएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित