तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

यौन शक्तिमा कमी ल्याउने सात कारण

मास्लोको सिद्धान्त अनुसार, यौन आवश्यकताहरू खाना र पानीजस्ता आधारभूत शारीरिक आवश्यकताहरू हुन्। यौन आवश्यकताको पूर्ति खुसी र सन्तुष्ट जीवन बिताउनको लागि निकै आवश्यक छ। त्यसको पूर्ति नहुनुले पनि व्यक्तिको कार्य सम्पादनमा बाधा पुर्‍याउँछ।
यौन सम्बन्ध खुसीको लागि मात्र होइन, यो आफ्नो पार्टनरलाई आफ्नो स्नेह र माया देखाउने माध्यम पनि हो। तर यौन सम्बन्धलाई रमाइलो र प्रभावकारी बनाउनको लागि यौन शक्ति हुनु आवश्यक छ। सबै व्यक्तिहरू प्राकृतिक यौन शक्ति लिएर जन्मेका हुँदैनन् वा कतिपयले उमेर बढ्दै जाँदा यौन क्षमता गुमाउँछन्।
यौन शक्ति मूलतः यौन सक्रिय र बलियो हुनुको अवस्थालाई बुझाउँछ। पुरुषहरूमा अपेक्षाकृतरुपमा उच्च कामवासना हुन्छ र तिनीहरू सामान्यतया चाँडै उत्तेजित पनि हुन्छन्। तर, सबैको यौन कार्यशैली एउटै हुँदैन। कतिपय पुरुषले धेरै कठिनाइको सामना गर्नुपर्ने हुन्छ। यो अवरोध धेरै कारकहरूको कारण हुनसक्छ।
यौन शक्ति कमी हुनुका कारण
बुढ्यौली – कम यौन शक्तिको सबैभन्दा सामान्य कारण वृद्धावस्था हो। उमेरसंगै महिलाको योनीको आकार घट्छ र योनीको पर्खालहरू पातलो हुन्छन्। यस्तै पुरुषको इरेक्शन (लिंग उत्तेजना) हुन गाह्रो हुन्छ। यौन हार्मोनको स्तरमा पनि गिरावट आउन थाल्छ।
रक्त प्रवाह कम हुनु – रक्तनलीहरू अवरुद्ध हुनु वा यौन अंगहरूमा रगत प्रवाह कम हुनुले पनि यौन शक्ति वा क्षमता कम गर्न सक्छ। जब तपाईं यौन क्रियाकलापमा संलग्न हुन खोज्नुहुन्छ तब यसले तपाईंलाई उत्तेजनाको अनुभव गर्नबाट रोक्न सक्छ।
विभिन्न प्रकारका रोगहरु – यौन संचारित रोगहरु जस्तै मधुमेह, पिसाब नली संक्रमण, न्युराल्जिया, उच्च रक्तचाप र यौन विकार, स्खलन, इरेक्टाइल डिसफङ्शन, बढेको प्रोस्टेट ग्रन्थि आदि जस्ता केही रोगहरूले पनि तपाईंको यौन आनन्दमा बाधाको रूपमा काम गर्न सक्छ वा क्षमता घटाउन सक्छ। यसले तपाईंको यौन शक्तिलाई पनि असर गर्छ। मोटोपनले तपाईंको यौन आनन्दलाई पनि कम गर्न सक्छ।
असामान्य यौन क्रोमोजोम – भ्रूणको प्रजनन अंगमा कुनै असामान्यता वा प्रसवको समयमा कुनै खराबीले पनि यौन समस्या निम्त्याउन सक्छ। निषेचन प्रक्रिया (फर्टिलाइजेशन प्रोसेस) का क्रममा असामान्य सेक्स क्रोमोजोमहरू पनि यौन विकारको कारण हुन सक्छ।
तनाव – तनावले तपाईंको यौन हर्मोनमा हस्तक्षेप गर्न सक्छ र सेक्समा रुची घटाउन सक्छ। तनावले दम्पती बीच दरार पैदा गर्छ जसले उनीहरुको यौन रुची घटाउन सक्छ।
खराब आहार : तपाईंको यौन जीवन सक्रिय बनाउन आहारको महत्वपूर्ण भुमिका रहन्छ। सन्तुलित खाना खानेहरुको यौन जीवन सक्रिय हुन्छ। तर तपाईंको आहार खराब छ भने यसले यौन जीवनमा पनि नकारात्मक असर गर्छ। खराब आहारकै कारण यौन जीवन निस्क्रिय हुनसक्छ।
रक्सी वा निकोटिनको अधिक खपत, व्यायामको कमी : चुरोट तथा सुर्तीजन्य पदार्थ खाने, मदिरा सेवनले यौन असन्तुलन सिर्जना गर्न सक्छ। यस्तै शारीरिक व्यायामको कमीले पनि यौन जीवनमा असर गर्छ।
कम यौन शक्ति वा यौन शक्ति गुमेका कारण निराश महसुस गर्न आवश्यक छैन। उचित उपचार, सही आहार र स्वस्थ जीवनशैली अपनाएर यस समस्याबाट छुटकारा पाउन सकिन्छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित