कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग बुटवलमा आयोजना हुने औद्योगिक प्रदर्शनीका लागि के-के हुँदैछ तयारी ? औद्योगिक प्रदर्शनीमा स्वदेशी उद्योग सँगै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता                
समाचार :

बुटवलसहित देशैभरको शाखामा होटल पौवाले मनायो राष्ट्रिय पोषाक तथा टोपी दिवस

बुटवल । होटल पौवाले राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाएको छ ।
रुपन्देहीको बुटवलस्थित होटल पौवासँगै देशैभरका शाखामा राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाएको हो ।
नेपाली संस्कृतिको पहिचान, संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार प्रसार गर्नका लागि नेपाली पोषाकमा सजिएर सेवा प्रदान गर्ने गरिएको होटलका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए ।
होटलमा आएका सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा दौरा सुरुवाल, कोट तथा ढाका टोपीसहित स्वागत गर्ने गरिएको बताउँदै उनले नेपाली संस्कृतिका बारेमा विदेशी पर्यटकहरुलाई समेत जानकारी गराउने गरिएको उनले बताए ।
होटल पौवाको बुटवल शाखामा मात्रै ७० जना कर्मचारीहरु रहेका छन् । यसैगरी रुपन्देहीकै भैरहवा, पाल्पा, गुल्मीको रेसुङ्गा, पोखरा, कपिलवस्तु, दाङकोे घोराही, लमही, धनगढी, जुम्ला गरी ११ वटा शाखा रहेका छन् । शाखा अन्तरगत ४५० बढीलाई रोजगार प्रदान गरिहेको होटल पौवाले स्थापनाकालदेखि नै नेपाली पोशाकमा सजिएर ग्राहकलाई स्वागत तथा सेवा प्रदान गर्ने गरेको भण्डारीले बताए ।
नेपाली उत्पादन तथा परिकारहरुलाई ग्राहक सामु पस्किने गरेको होटलमा ढिडो, आँटो, गुन्द्रुक, मोही तथा साधेका विभिन्न परिकारहरु उपलब्ध गराउने गरेको छ । नेपालको पहाडी जिल्लाहरुमा पाइने औषधिय गुण भएको टिमुरको अचार तथा टिमुरसँग साधेको चिकेन यहाँको मुख्य र आकर्षक परिकारको रुपमा रहँदै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित