रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

मदिरा ब्यवसायलाई हेर्ने दृष्टिकोणमै समस्या – अध्यक्ष शेर्पा

केही गलत ब्यक्तिका कारण समग्र मदिरा पेशा धरापमा परेको नेपाल मदिरा ब्यवसायी महासंघ केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले गुनासो गरेका छन। समयमा कर तिर्ने, कागजपत्र सहि ढंगमा राख्ने हो भने त्यो अवस्थामा कुनै समस्या नआउने उनले दाबी गरे। मदिरा ब्यावसायी संघ, रुपन्देहीको १४ अौ वार्षिक साधारण सभाको उद्घाटन गर्दै नेपाल मदिरा ब्यवसायी महासंघ केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले सरकारप्रति अौला ठड्याउने भन्दा पनि पेशालाई शुद्धीकरण तर्फ लाग्नुपर्ने सुझाव दिए।
आन्तरिक राजश्व कार्यालय भैरहवाका कर अधिकृत जग्गुलाल खनालले सरकारबाट लिईएको लक्ष्य प्राप्त नगरेको कारण अनुगमन अघि बढाउन बाध्य भएको बताए। राज्य आर्थिक समस्यामा परेको र लक्ष्यभन्दा कम प्राप्ति भएको हुदा सरकार बाध्य भएर कर कानुनको पालना गराउन लागेको बताए। बजार अनुगमन वर्षको रुपमा सरकारले मनाउन लागेको उनले बताए।
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष कृष्ण नेपालले संस्थाको स्थापनाको मुल उदेश्य अनुसार अघि बढेको बताए। मदिरा ब्यवसायी देशभरिकै अब्बल संस्था भएको उनले दाबी गरे। देशब्यापी बिस्तार र संगठित गर्ने काम गरि एकतावद्घ गर्न सफल भएको उनले बताए। संस्थागत रुपमा अघि बढाउने कामहरु गरिरहेको भन्दै उनले ब्यवसायीहरुको
ब्यवसायीहरु मिल्नुको विकल्प नरहेको उनले बताए। भित्र संस्थामा रहेका समस्याहरु समाधानमा लाग्नुपर्ने सुझाव दिए। अवैध मदिराको परिभाषा प्रति प्रहरी प्रशासनको दृष्टिकोण सहि हुनुपर्ने उनले सुझाव दिए।
कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष मृगेन्द्रगोबिन्द श्रेष्ठले हरेक बस्तुको आआफ्नो ठाउमा महत्व रहेको बताए। मदिरा सेवनले नभई अत्याधिक मदिरा सेवनका कारण दुर्घटना हुने कुरा समाजमा सहि ढंगको ब्याख्या र सचेतना जगाउन जरुरी रहेको उनले बताए।
कार्यक्रममा महासंघका केन्द्रीय महासचिव तारानाथ ढुगानाले महत्वकाक्षी योजनाहरु अघि बढाएको बताए। ईच्छाशक्तिबाट योजना पूरा हुने उनले बताए । एकअर्काको अस्वस्थ प्रतिस्पर्धा र सरकारको नितिका कारण मदिरा ब्यवसायीहरु आर्थिक समस्यामा आईपरेको उनले बताए। बैकको ब्याज र मजदुर पाल्न नसक्ने अवस्थामा आईपरेको अहिलेको अवस्थामा बाध्यकारी रुपमा अडिटका लागि फाईदा देखाउनुपरेको दुखेसो गरे।
कार्यक्रममा लुम्बिनी मदिरा ब्यवसायी संघका अध्यक्ष गिरिराज पौडेलले मदिरा ब्यवसायीहरुको हकहितसंगै समस्यामा हातेमालो गर्दै आएको बताए। प्रदेशका सबै जिल्लाहरुमा शाखा स्थापना गर्ने र क्रियाकलापहरु अघि बढाउने काम भैरहेको उनले बताए। नेपालमा प्रत्येक वर्ष मदिराको
अन्तशुल्क बढाउदा मूल्य बढि पर्ने समस्या सबैभन्दा मुख्य भएको उनले बताए।
कार्यक्रममा पुर्व अध्यक्ष खिम बहादुर खत्रीले ब्यवसायीहरुको क्षमता विकाससगै संस्थागत विकास, धेरै सामाजिक कार्यमा योगदान दिएपनि समाजबाट हेर्ने दृष्टिकोण परिवर्तन नभएको गुनासो गरे। आफ्नै कारणले समस्या उत्पन्न भएको उनले दाबि गरे। देशमा आर्थिक तरलता र मन्दीको कारण समस्या सबै क्षेत्रमा रहेको उनले बताए। उधारो विक्रिबितरण रोक्न सके उसबाट अहिलेको समस्या सुल्झने उनले बताए।
कार्यक्रमकाे संयोजन र स्वागत हिमाल भूषाल, महासचिव किशोर पन्त, सल्लाहकार दिनेश कुमार श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजूले शुभकामना दिएका थिए।कार्यक्रममा संस्थाका सदस्य हरि पाण्डे, राजु खत्री, देवदह नगर कमिटिलाई उत्कृष्ट कार्यसम्पादन बापत सम्मानपत्रबाट सम्मान गरिएको थियो। संघमा ५ सय बढि सदस्यहरु आवद्घ रहेका छन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार