तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लमजुङ रूपन्देही एकता समाज, रूपन्देहीद्वारा रक्तदान

लमजुङ रूपन्देही एकता समाज, रूपन्देहीले समाज स्थापनाको दोस्रो वर्ष प्रवेशको अवसरमा शनिबार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
‘रक्तदान गरौँ, प्राण बचाऔँ ।’ नाराका साथ आयोजित वृहत् रक्तदान कार्यक्रमको समाजका सल्लाहकार तथा प्रमुख अतिथि शुशील गुरुङले उदघाटन गरे । कार्यक्रममा कार्यक्रम संयोजक रूपेन्द्र अधिकारी, कोषाध्यक्ष दीपक पौडेल, आशिका थापा, गुड्डु कहार, धनराज हरिजन, ललिता चौधरी, दीपा चन्द ठकुरी, कृष्ण गौली, निर्मल तिवारी, राहुल न्यौपाने, राजुचन्द ठकुरी, गीता गुप्ता, निश्चल नराल र गिरिजा शाही ठकुरीले रक्तदान गरे ।
कार्यक्रममा समाजका अध्यक्ष डा. ज्ञानदेव हटुवालले लमजुङबाट रूपन्देहीमा आएर बसोबास गरिरहेका र लमजुङका जनताबीच जनस्तरमा सामाजिक, सांस्कृतिक, पर्यटकीय सम्बन्ध विकास गर्ने उद्देश्यले समाजको गठन भएको र दोस्रो वर्ष प्रवेशको उपलक्ष्यमा सामाजिक कार्य अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
समाजका उपाध्यक्ष हरिराज विष्टले स्वागत र सचिव पुष्प घिमिरेले सञ्चालन गरेको कार्यक्रममा समाजका पदाधिकारी, सदस्यहरूको उपस्थिति रहेको थियो । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सिद्धार्थनगरको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा १४ युनिट रगत सङ्कलन भएको समाजले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित