रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

लमजुङ रूपन्देही एकता समाज, रूपन्देहीद्वारा रक्तदान

लमजुङ रूपन्देही एकता समाज, रूपन्देहीले समाज स्थापनाको दोस्रो वर्ष प्रवेशको अवसरमा शनिबार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
‘रक्तदान गरौँ, प्राण बचाऔँ ।’ नाराका साथ आयोजित वृहत् रक्तदान कार्यक्रमको समाजका सल्लाहकार तथा प्रमुख अतिथि शुशील गुरुङले उदघाटन गरे । कार्यक्रममा कार्यक्रम संयोजक रूपेन्द्र अधिकारी, कोषाध्यक्ष दीपक पौडेल, आशिका थापा, गुड्डु कहार, धनराज हरिजन, ललिता चौधरी, दीपा चन्द ठकुरी, कृष्ण गौली, निर्मल तिवारी, राहुल न्यौपाने, राजुचन्द ठकुरी, गीता गुप्ता, निश्चल नराल र गिरिजा शाही ठकुरीले रक्तदान गरे ।
कार्यक्रममा समाजका अध्यक्ष डा. ज्ञानदेव हटुवालले लमजुङबाट रूपन्देहीमा आएर बसोबास गरिरहेका र लमजुङका जनताबीच जनस्तरमा सामाजिक, सांस्कृतिक, पर्यटकीय सम्बन्ध विकास गर्ने उद्देश्यले समाजको गठन भएको र दोस्रो वर्ष प्रवेशको उपलक्ष्यमा सामाजिक कार्य अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
समाजका उपाध्यक्ष हरिराज विष्टले स्वागत र सचिव पुष्प घिमिरेले सञ्चालन गरेको कार्यक्रममा समाजका पदाधिकारी, सदस्यहरूको उपस्थिति रहेको थियो । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सिद्धार्थनगरको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा १४ युनिट रगत सङ्कलन भएको समाजले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार