रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

सियारीमा भएको स्वास्थ्य शिबिरमा ८ सय बढीको जाँच

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा बृहत स्वास्थ्य शिबिर गरिएको गरेको छ । सियारी गाउँवासीलाई स्वस्थ राख्ने योजना अनुरुप बृहत स्वास्थ्य शिबिरको गरिएको पालिकाले जनाएको छ ।
सियारी गाउँपालिका, क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बीका शाखा आँखा अस्पतालको संयोजनमा गरिएको स्वास्थ्य शिबिरमा ८ सय बढी नागरिकले स्वास्थ्य जाँच गराएका छन् ।
सियारी २ मैनहिया माविमा भएको स्वास्थ्य शिविरमा मुटु रोग, फिसिसियन सेवा, महिला तथा प्रसुुति सेवा तथा बालरोग सेवा र आखां रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तिले जानकारी दिए । उनले क्रिमसन अस्पतालका बिशेषज्ञ डाक्टरबाट स्वास्थ्य परिक्षण गरिएको बताए ।
उनले ३२७ जनाले आखाँको जाँच गराईएको र त्यसमध्ये ४५ जनाको मोतिया बिन्दुको अपरेसन गर्नु पर्ने बताए । त्यसै गरी ५ सय बढीले अन्य बिभिन्न रोगको बिषयमा जाँच गराएको घर्तिले बताए ।
नागरिकलाई बिभिन्न रोगका बिषयमा सचेतना फैलाउन तथा उपचार गराउन टाढा जान नसक्ने नागरिकलाई स्वास्थ्य शिबिर प्रभावकारी बन्ने उद्धेश्यले शिबिरको आयोजना गरिएको बताए ।
गाउँपालिकामा नयाँ जनप्रतिनिध आएपछि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर काम गर्दै आएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले सियारीवासी नागरिकलाई स्वास्थ्य राख्ने योजना अनुरुप बिभिन्न स्वास्थ्य शिबिर राखिएको बताउनु भयो । शिबिरमा आउन नसक्ने जेष्ठ नागरिक तथा अशक्त र असाहाय नागरिकलाई घरमै गएर पनि स्वास्थ्य सेवा दिदै आएको उल्लेख गरे ।
पालिकाको संयोजनामा गाउँ स्तरमा भएको स्वास्थ्य शिबिरले नागरिकमा पनि उत्साह थपेको छ । शिबिरमा स्वास्थ्य उपचार गराएका शिबकुमार मालिले स्वास्थ्य शिबिरबाट आफु निकै लाभान्वित भएको बताए । उनले आफुजस्तै अन्य सेवाग्राहि पनि शिबिरबाट लाभान्वित भएको उल्लेख गरे ।
सियारी गाउँपालिकाले स्वास्थ्यका क्षेत्रमा उल्लेख्य काम गरेको छ । पालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य सेवामा लाभ पु¥याउने उद्धेश्यले रगत र मोतिया बिन्दुको अपरेसनलाई निशुल्क बनाएको छ । नागरिक स्वस्थ भए पालिका पनि स्वस्थ हुने नीति अनुरुप स्वास्थ्य क्षेत्रमा उल्लेख्य लगानी गरेको पालिकाले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार