आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर                
समाचार :

लुम्बिनीमा एमालेबाट मुख्यमन्त्री सम्भावना

लुम्बिनी प्रदेशमा एमालेबाट मुख्यमन्त्री हुने सम्भावना देखिएको छ। सत्ता गठबन्धन तयार नहुँदा प्रदेशमा संसदीय दलको नेता चयन भने अहिलेसम्म पनि भएको छैन। कुनै पनि दलले नेता चयन गरेका छैनन्। सबैभन्दा ठूलो दल एमालेमा संसदीय दलको नेता चयन, सरकार निर्माण विषयमा कुनै छलफल नै भएको छैन। ‘अब माथि (संघीय) सरकारमा गठबन्धन तयार भएकाले त्यहीअनुसार नै प्रदेशमा हुन्छ,’ एमाले सांसद एव पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले भने, ‘को नेता बन्ने, के गर्ने भन्ने विषयमा छलफल हुँदैछ।’

एमालेले मुख्यमन्त्री पाए रुपन्देहीका सांसद लिला गिरी चयन हुने सम्भावना छ। उनी पार्टीभित्र अन्यभन्दा वरिष्ठ छन्। यद्यपि, नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र एमाले महासचिव शंकर पोखरेलको चासोमा संसदीय दलको नेता को बन्ने परेकाले केन्द्रबाटै यसको निक्र्यौल हुनेछ। पहिलो कार्यकालमा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाएका थिए। माओवादीले मुख्यमन्त्री पाउँदा रोल्पाका सांसद जोखबहादुर महरा चयन हुने नेताहरूले बताएका छन्। सत्ता बाडँफाटमा दलको टुंगोपछि मात्रै व्यक्तिको चर्चा हुने नेताहरूले बताएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित