कुशलकी आमा भन्छिन्– साग केलाउँदै छोराको कीर्तिमानी खेल हेरेँ आज देखि लुम्बिनी केबलकार तीन दिन बन्द अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा                
समाचार :

न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

बुटवल ।
गुल्मी जिल्लाको छत्रकोट–३ स्थित एक विद्यालयमा अध्ययरत विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउनले श्री चण्डीदेवी आधारभुत बिधालयमा अध्ययरत अति विपन्न २ सय ५० जना विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्रीहरु वितरण गरिएको हो ।
एक समारोहका बिच जोन १७ का एजी प्रेम भुर्तेल, छत्रकोट गाउपालिकाका अध्यक्ष गुल्मी राम प्रसाद पाण्डे, क्लबका अध्यक्ष भरत राना, ईलेक्ट प्रेसिडेन्ट कमला हमाल, पुर्बअध्यक्ष रबि पोख्रेलले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुणाखर पन्त प्रधानाध्यापक जंग बहादुर अर्याललाई हस्तान्तरण गरेका छन ।
जोन १७ का एजी प्रेम भुर्तेलले रोटरी ईन्टरनेश्नल पोलियो शुन्यदेखि अन्य धेरै सामाजिक कार्यमा विश्वमा पहिचान बनाएको सामाजिक संस्था भएको बताए ।
क्लबका अध्यक्ष भरत रानाले सामाजिक उत्तरदायित्व अन्तरगत क्लबमार्फत वर्षभरि नै कार्यक्रम गरिदै आएको बताए ।
कार्यक्रमका संयोजक केशब टण्डनले २ सय ५० पिस स्वीटर तथा कापी पेन्सिल लगायत शैक्षिक सामग्रीहरु विद्यालयका अति बिपन्न दलित बस्तीका विद्यार्थीलाई बितरण गरिएको बताए । क्लबका पुर्बअध्यक्ष पिताम्बर ज्ञवाली, भिमराज श्रेष्ठ, उपाध्यक्ष धर्म ज्ञवाली, चुनिया गुरुङ, प्रेमा केसी, बिनिता थापा, सुबिता सैन्जु, मथुरा भण्डारीले सामाजिक रुपान्तरणमा आफुहरु निरन्तर संस्थागत रुपमा अघि बढने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार