रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

बुटवल सुनचादी व्यवसायी संघ बुटवलको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

व्यवसायीक असुरक्षाले व्यवसाय संकटमा परेको गुनासो

बुटवल ।
सुनचादी व्यवसायीहरुले विभिन्न क्षेत्रबाट आफ्नो व्यवसायमा असुरक्षा बढेर गएको हुदा व्यवसाय पलायन बढेर जाने खतरा देखिएको हुदा व्यवसायीक सुरक्षाको माग गरेका छन् । उनीहरुले अपराधिक तत्वबाट हुने चोरी, लुटपाट तथा सुनको अभावमा व्यवसाय सञ्चालन गर्न निकै कठिन भएको बताउदै त्यसमा राज्यको ध्यानाकर्षण गराएका छन् ।
सोमवार बुटवल सुनचादी व्यवसाय िसंघ, बुटवलको तेस्रो बार्षिक साधारणसभाको उद्घाटनसत्रमा बोल्ने सो व्यवसायका अगुवाहरुले उक्त धारणा राखेका हुन ।
सभाको उद्घाटन गर्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गर्नु भएको थियो । सो अवसरमा बोल्दै प्रमुख पाण्डेले बुटवल नगरमा रहेका सुनचादी व्यवसायीहरुको संरक्षण, व्यवस्थापन र सुरक्षाको जिम्मेवारी स्थानिय सरकारको पनि रहेको हुदा त्यसमा आफु प्रतिवद्ध रहेको बताउनु भयो । पाण्डेले व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्न योजनाबद्ध रुपमा कामहरु गर्ने बताउदै सुनचादी व्यवसायीहरुको प्रमुख समस्याका रुपमा रहेको सुरक्षाको विषय राज्यकै जिम्मेवारी भएको हुदा बुटवल सुनचादी व्यवसायीहरुका लागि सुरक्षित क्षेत्र हो भन्ने बनाउन सबैमा आग्रह गर्नु भयो ।
सम्बोधनका क्रममा पाण्डेले बुटवलमा छरिएर रहेका सुनचादी व्यवसायीहरुलाई एक छातामुनी राख्ने व्यवस्था गर्ने सोच नगरपालिकाले गरेको उल्लेख गर्दै त्यसमा व्यवसायीहरुको स्पष्ट धारणा दिन अनुरोध गर्नु भएको थियो ।
उहाले बुटवलको वजार विविधिकरणको अभावले व्यवसायीक पलायन बढेको हुदा त्यसमा गम्भिर बनेर वजारलाई चलायमान बनाउने स्थानिय तह र व्यवसायीहरु सहकार्य गरेर अगाडी बढ्ने समय आएको धारणा राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विकले सुनचादी व्यवसायीहरुका समस्याका बारेमा राज्यलाई धेरै पटक अवगत गराएको भएपनि नितिगत रुपमा कुनै परिर्वतन हुन नसकेको बताउदै काचो सुनको अभावले व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गर्नु पर्ने अवस्थामा आएको उल्लेख गर्नु भयो ।
नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्य एमवी विश्वकर्माले सुनचादी व्यवसाय अति सम्बेदशील व्यवसाय भएका कारण यसलाई सञ्चालन गर्दा अति गम्भिर भएर गर्नु पर्ने धारणा राख्नु भएको थियो ।
महासंघका अर्का केन्द्रीय सदस्य दीपक कुमार विकले परम्परागत रुपमा चलेको हाम्रो व्यवसाय एवं व्यवसायीक संस्थामा पुस्तान्तरण हुन नसक्दा समस्याहरु ज्युका त्यू रहेको उल्लेख गर्दै कानुन् िरुपमा हामीले झेल्नु परेका समस्या र राज्यले हामीलाई हेर्न दृष्टीकोणमा परिर्वतन आउनु जरुरी भएको बताउनु भयो ।
संघका अध्यक्ष गकुल विश्वकर्माको अध्यक्षता, सचिव चुरामणी विकको सञ्चालन तथा उपाध्यक्ष मिलन विश्वकर्माको स्वागतमा भएको कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कशजु, रुपन्देही व्यापार संघका महासचिव दयानीधि भण्डारी, नेपाल घरबहाल सरोकार संघ, रुपन्देहीका अध्यक्ष राजु लिगल, बुटवल वडा नं. ४ का अध्यक्ष नरिश्वर पौडेल, रुपन्देही सुनचादी व्यवसायी संघका जिल्ला अध्यक्ष रामकिशन विक, प्रदेश उपाध्यक्ष विक्रम सुनार, सिद्धार्थनगर सुनचादी व्यवसायी संघका अध्यक्ष दिपक कशौल, विजेन कम्पनिका कोषाध्यक्ष विजेन कालिराज लगायत बोल्नु भएको थियो ।
साधारणसभाको बन्द सत्रले अध्यक्ष गोकुल विक, सचिव चुरामणी विक तथा कोषाध्यक्ष दलबहादुर विक(राजु), द्वारा प्रस्तुत बार्षिक प्रतिवेदनहरु छलफल पश्चायत पारित गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार