रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

डिएसपी केसीले सुन व्यापारी खिलेन्द्र जिसीको ३५ किलो सुन नियन्त्रणमा लिएर छोड्नका लागि मागेका थिए घूस

२०७८ कात्तिकमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवर रुपन्देहीको सर्वोत्कृष्ट प्रहरी भन्दै पुरस्कृत भए। जिल्ला प्रहरी कार्यालयले पुरस्कृत गरेको पर्सिपल्ट भने कुँवरको विना कारण काज सरुवा भयो।

कुँवरलाई प्रतिस्थापन गरेर काजमा आएका थिए, डीएसपी ठगबहादुर केसी। विवादित विगत भएका केसी घुससहित पक्राउ परेका छन्। शक्तिको आडमा बारम्बार कारबाहीबाट जोगिंदै आएका डीएसपी केसीलाई नगद र चेक सहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो। सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले केसीको साथबाट नौ लाख ५० हजार रुपैयाँको चेक र साढे आठ लाख रुपैयाँ नगद बरामद भएको पुष्टि गरे।

केसी जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएपछि रमाना बुझ्ने तयारीमा थिए। डीएसपी केसीले बुटवलका सुन व्यापारी खिलेन्द्र जिसीको ३५ किलो सुन नियन्त्रणमा लिएर छोड्नका लागि घूस मागेको एआईजी सुवेदीले बताए।

जिसीले सुन घरबाट पसलमा लैजाँदै गर्दा नियन्त्रणमा लिएको र केसीले प्रहरी कार्यालयमा अभिलेख नराखी आफ्नै साथमा राखेर मोलमोलाइ गरेको पाइएको छ। उक्त सुन पनि सीआईबीले बरामद गरेको छ। “नियन्त्रणमा लिएको सुन र घूस लेनदेन गरेको दसी नै भेटिएको छ,” एआईजी सुवेदी भने।

छानबिन समितिको प्रतिवेदनपछि केसीलाई कस्तो कारबाही हुने भन्नेबारे प्रहरी प्रधान कार्यालयले टुङ्गो लगाउनेछ। उनको आचरणबारे यसअघि पनि बारम्बार प्रश्न उठेको थियो। गत साउनमा तिलोत्तमा नगरपालिकाको एउटा विवादमा डीएसपी केसीले एक जना वडाअध्यक्षलाई लात्तीले हानेर पोखरीमा लडाएको भिडिओ सार्वजनिक भएको थियो। यो घटनापछि केसीलाई कारबाही गर्न त्यहाँका जनप्रतिनिधिले दबाब दिए पनि शक्तिको आडमा जोगिएका थिए।

उनले बुटवलमा अवैध रूपमा सञ्चालित ब्लु स्काई बिजनेश सोलुशन नामक कल सेन्टरबाट समेत घूस मागेको आरोप छ। तर, रकम नदिएपछि गत साउनमा प्रहरीले छापा मारेको थियो। घूस लेनदेनमा कुरा निमलेर छापा मारेको सूचना पाएपछि सीआईबीले आफू मातहतको साइबर ब्यूरो मार्फत अनुसन्धान थालेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार