रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

रोहिणीमा उत्पे्रणा तथा उद्घोषण तालिम सम्पन्न

 

बुटवल । निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल ९नेशनल प्याब्सन० रुपन्देहीका सदस्य विद्यालयका शिक्षक कर्मचारीका लागि एक दिने शिक्षक उत्पे्रणा तथा उद्घोषण तालिम कार्यक्रम आइतबार रुपन्देहीको रोहिणी धकधईमा भएको छ ।
नेशनल प्याब्सन रोहिणी गाँउपालिकाको आयोजना तथा स्थानीय ग्लोवल जोइन्ट स्कुल फेमलीको सहआयोजनामा भएको कार्यक्रममा स्थानीय संस्थागत विद्यालय ५० बढी शिक्षक तथा महिला शिक्षकहरुको सहभागिता रहेको थियो ।
तालिमको उद्घाटन गर्दै रोहिणी गाँउपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले शिक्षकका लागि शिक्षण सिकाइमा क्षमता अभिवृद्धी गर्न आवश्यक रहेको धारणा राखे ।
शिक्षकको बोलिमा मिठास र बोल्ने कलाको विकास हुनु पर्ने उल्लेख गर्दै शिक्षक उत्प्रेणा तथा उद्घोषण तालिमले अध्यापनमा सघाउने बिचार राखे । उनले रोहिणी गापाभित्रका संस्थागत विद्यालयको विकासका लागि बैचारीकसँगै आर्थिक सहयोगका लागि स्थानीय सरकार सकारात्मक रहेको धारणा समेत राखे ।
नेशनल प्याब्सन रोहिणी गापाका अध्यक्ष ओमप्रकाश यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सन रुपन्देहीका कोषाध्यक्ष अमरनाथ पाठकले नेशनल प्याब्सनका सदस्य विद्यालयका शिक्षकहरु क्षमता अभिवृद्धि कार्यक्रम निरन्तर गरिने बताउदै कोभिडपछि अव तालिम र शिक्षण सिकाईका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए। ग्लोवल जोइन्ट स्कुल फेमलीका अध्यक्ष बबुल केवलको संचालनमा भएको कार्यक्रममा मोर्डन चिल्ड्रेन स्कुलका प्रिन्सिपल विशम्भर चौधरी, कसमस स्कुलका प्रिन्सिपल राम अवध गौड लगायतले मानव जीवनमा सिकाइको प्रकृया निरन्तर जारी रहने बताउदै नवितम सिकाइले शिक्षकलाई आफ्नो कार्यसम्पादनमा सघाउ पुग्ने बताए ।
कार्यक्रममा सञ्चारकर्मी तथा मोटिभेशनल स्पीकर झविन्द्र देवकोटाले जीवनको लक्ष्य निर्धारण, सिकाइ, ब्यक्तित्व विकास, उद्घोषण कला लगायतका विषयमा सहजिकरण गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार