रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

लुम्बिनीमा सवै सांसदहरुलाई किन प्रदेश प्रमुखले सपथ ग्रहण गराउँदै छन् ?

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा झण्डातोलन गर्दै प्रदेश प्रमुख अमिक शेरचन

बुटवल । लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदहरुलाई प्रदेश प्रमुखले नै सपथ ग्रहण गराउने भएका छन् । अन्य प्रदेशमा जेष्ठ सदस्यहरुले सम्बन्धित प्रदेश प्रमुखबाट सपथ ग्रहण गरेपछि जेष्ठ सदस्यले अरु सदस्यलाई सपथ ग्रहण गराउने गरेपनि लुम्बिनी प्रदेशमा भने सवै सांसदहरुलाई नै प्रदेश प्रमुख अमिक शेरचनले सपथ ग्रहण गराउने भएका हुन ।
प्रदेश सभा नियमावली अनुसार प्रदेश प्रमुख शेरचनले नै सवै प्रदेश सभाका सांसदहरुलाई सपथ ग्रहण गराउन लागेको लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
प्रदेशसभा नियमावली २०७९ को ४ को अनुसूची १ मा उल्लेख भएको ढाँचा अनुसार सबै सदस्यहरुलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनियताको शपथ ग्रहण गराउने छन ।
अघिल्लो प्रदेशसभाको कार्यकालमा तत्कालीन प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको समितिले बनाइको नियमावलीमा प्रदेशसभा र प्रदेश प्रमुखको समन्वयनमा सबै प्रदेशसभा सदस्यहरुलाई प्रदेश प्रमुखले नै पद तथा गोपनियताको शपथ ग्रहण गराउने उल्लेख गरिएको छ । त्यहि नियमावलीअनुसार सपथ ग्रहण हुने पुनले बताए ।
यता प्रदेश सभाका सदस्यहरुलाई कहाँ सपथ ग्रहण गराउने भन्ने टुंगो अझै लागेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पहिलो बैठक डाक्नका लागि प्रदेश प्रमुख शेरचनसमक्ष आग्रह नै नगरेकाले शपथ ग्रहणको टुंगो नलागेको हो । सरकार पहिलो बैठक स्थायी राजधानी देउखुरीमै गर्न चाहेको छ । यद्यपी त्यहाँ प्रदेश सभाको भवन अझै पूर्ण रुपमा नबनेकाले ढिलाई भएको बताइएको छ । सरकारले प्रदेश प्रमुख समक्ष पहिलो बैठक डाक्नका लागि आग्रह गरेपछि मात्रै प्रदेश प्रमुखले बैठक आह्वान गर्ने छन । बैठक आह्वान पछि प्रदेश प्रमुखले पहिलो बैठक बस्नुअघि प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन्न । त्यसपछि मात्रै बैठक बस्ने छ ।
लुम्बिनीमा ८७ सदस्यीय प्रदेशसभामा छ ।
बैठकको अध्यक्षता भुसालले गर्ने
प्रदेश सभाका सदस्यहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ ग्रहण गराएपछि सभाको बैठक भने जेष्ठ सदस्यका हैसिएतले डिल्लीराज भुसालले गर्नेछन् ।
गुल्मी क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भुसाल प्रदेशसभामा सबैभन्दा जेठा सदस्य हुन ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार भुसालको जन्ममिति २०१० साल २ महिना ७ गते उल्लेख छ । प्रदेशसभाका ८७ जना सदस्यमध्ये भुसाल आयोगको विवरण अनुसार सबैभन्दा जेष्ठ सदस्य हुन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार