रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

बुटवलमा आएकी राष्ट्रपती विद्यादेवी भण्डारीले के भनिन् ?

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन् । बुटवलमा आजबाट शुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको र मुद्रा सन्चितीमा अभूतपुर्व चाप परेको भन्दै अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको बताएकी हुन् ।

महोत्सवमा उनले गरेको सम्बोधन  

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को समुद्घाटन समारोहमा गर्नुभएको सम्बोधन
बुटवल, रुपन्देही
२०७९ पौष ७ गते बिहीबार
माननीय गृहमन्त्री,
लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री‚
प्रतिनिधिसभाका सदस्यहरू,
प्रदेशसभाका सदस्यहरू,
स्थानीय तहका जनप्रतिनिधिहरू,
उद्योग तथा वाणिज्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरू,
राष्ट्रसेवकहरू,
सञ्चारकर्मीहरू,
भद्रमहिला तथा सज्जनवृन्द १
रुपन्देही उद्योग संघ रलुम्बिनी प्रदेश उद्योग परिसंघद्वारासंयुक्त रूपमा आयोजना गरिएको यस ‘१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीएवम् कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९’ को समुद्‍घाटन समारोहमा सहभागीहुने अवसर पाएकोमा मलाईखुसीलागेको छ । नेपालकै अग्रणी औद्योगिक केन्द्रका रूपमा योगदान गरिरहेको बुटवल(भैरहवा क्षेत्रले नवीन प्रविधिको उपयोग, कृषि तथा पर्यटन समेतलाई केन्द्रमा राखेर भव्य औद्योगिक प्रदर्शनी आयोजना गरेकोमाम तपाईंहरूलाई विशेष धन्यवाद र बधाईदिन चाहन्छु ।
नेपाली उत्पादनको प्रवर्द्धन, उद्योगीलाई उत्साह र उपभोक्तालाई चेतना जगाउने उद्देश्यका साथरुपन्देही उद्योग संघले हरेक वर्ष राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गर्दै आइरहेको कुरा थाहा पाउँदा ज्यादै खुसीलागेको छ ।
यस राष्ट्रियऔद्योगिकप्रदर्शनी, कृषि, प्रविधितथापर्यटनमहोत्सवबाट स्वदेशीउत्पादनहरूकोप्रदर्शन, प्रवर्द्धनएवंबजारीकरणमा महत्वपूर्ण योगदान पुग्नुका साथैएक्स्पोलेउद्योगी व्यवसायीहरू बिच प्राविधिकरव्यवस्थापकीयअनुभवकोआदान–प्रदान,उत्पादक, उपभोक्ता, विज्ञहरूएवंसरकारकानिकायहरू बिच अन्तर्क्रियाकोअवसरसमेत प्रदान गर्ने मैले विश्‍वास लिएको छु।

“समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने अत्यन्त सामयिक विषयवस्तुका साथ आयोजना गरिएको यस प्रदर्शनीले विगत करिब तीन वर्षदेखि कोभिड–१९ महामारीका कारण शिथिल हुन पुगेको आर्थिक गतिविधिलाई नयाँ उत्साह प्रदान गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन सहयोग पुर्‍याउने मैले विश्‍वास लिएको छु ।
विश्‍व शान्तिका अग्रदूत भगवान बुद्धको जन्मस्थल लुम्बिनीको काखमा आज तपाईंहरूले समृद्ध नेपाल निर्माण गर्न र स्वदेशी उद्यमशीलतालाई विस्तार गर्नुपर्ने अत्यन्त असल विचार अगाडि सार्नुभएको छ । हाम्रो सभ्यताले विकास गरेका प्राचीन शास्त्रहरूले ुसर्वे भवन्तु सुखिनस्, सर्वे सन्तु निरामयाु को परिकल्पना गरेका छन्, जसमा हरेक व्यक्तिलाई सुखी रहनका निम्ति निरोगी र उद्यमशील हुन आवश्यक पर्ने सन्देश अन्तर्निहित रहेको छ ।बुद्धका उपदेशको सार पनि निस्वार्थ परिश्रम र मानव सेवासँग नै सम्बन्धित रहेको छ।हाम्रो सभ्यताका यिनै मार्गदर्शन समेतलाई आधार मानेर हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा तय गरेका छौं । यस प्रदर्शनीले मुलुकको समृद्धि र जनताको सुखको अपेक्षालाई प्रतिनिधित्व गर्दछ भन्ने मलाई लागेको छ ।
उपस्थित भद्र महिला तथा सज्जनवृन्द,
वर्तमान अवस्थामा हाम्रो राष्ट्रिय अर्थतन्त्रले धेरै गम्भीर प्रकारका चुनौतीहरूको सामना गरिरहेको छ ।एकातिर व्यापार घाटा निरन्तर बढिरहेको छ भने अर्कोतिर आयातमाथि हाम्रो निर्भरता विस्तार भइरहेको छ । यसबाट हाम्रो विदेशी मुद्राको सञ्चितिमा अभूतपूर्व चाप परेको छ । हामीले यी चुनौतीहरूबाट पार पाउन स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासलाईमूलभूत उद्देश्य बनाउनुपरेको छ ।
मुलुकको व्यापार घाटालाई तत्कालै कम गर्दै लैजान कृषि उत्पादन बढाउने, वन पैदावार र जडिबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवर्द्धन र जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरू अवलम्बन गर्नु अति आवश्यक छ । हरेक स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति बनाई युवा जनशक्ति र किसानहरूलाई उत्प्रेरित गर्न उद्योगी(व्यावसायीसँग मिलेर काम गर्नुपर्ने आवश्यकता मैले महसुस गरेको छु । यसबाट केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरू निर्माण हुनुका साथै रोजगारी र उद्यमशीलताका नयाँ अवसरहरू सिर्जना गरी पुँजी र प्रतिभाको पलायन समेत रोक्न सकिन्छ भन्ने मलाई लाग्दछ।
स्वदेशी उत्पादनको प्रयोग, तुलनात्मक लाभका क्षेत्रहरूमा लगानी तथा रोजगारी सिर्जना गर्ने कार्यमा सहजीकरण गरिदिनु राज्यको असाध्यै गहन जिम्मेवारी हो ।उच्च मनोबल भएका उद्यमी र किसानहरू नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएको हुनाले यसतर्फ राज्यकानिकायहरूको ध्यान जानुपर्दछ । राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले राज्यको क्षमताअनुसार सहज सेवा र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न म सम्बद्ध सबैको ध्यान आकृष्ट गर्न चाहान्छु ।
औद्योगिक प्रदर्शनीमा प्रविधिलाई समेत समेटेर नवप्रवर्तनका क्षेत्रमा समेत यहाँहरूले देखाउनुभएको अग्रसरताका लागि रुपन्देहीउद्योगसंघरलुम्बिनीप्रदेशउद्योगपरिसंघलाई फेरी एकपल्ट साधुवाद दिन चाहन्छु ।
विश्‍वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको मात्र नभई विश्‍वभरिका बौद्धमार्गीहरूको पवित्र तीर्थस्थल समेत भएकोले यो क्षेत्र अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यको रूपमा रहेको छ ।लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रूपमा विकास गर्दै सभ्यता र आधुनिकताको नयाँ संगमस्थल बनाउन तपाईंहरूले गर्ने हरेक प्रयासमा मेरो व्यक्तिगत तथा संस्थागत साथ सदैव रहने विश्‍वास तपाईंहरूलाई दिलाउन चाहन्छु ।
यस सन्दर्भमा, हालसालै सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कारण लुम्बिनी प्रदेशको पर्यटन लगायत समग्र आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।मुलुकको पर्यटन उद्योगलाई थप सुदृढ गर्नका लागि लुम्बिनीको भ्रमणमा आउने पर्यटकहरूलेअन्यक्षेत्रको समेत भ्रमण गर्नेसम्भावनाहरूको खोजी र विस्तार गर्न आवश्यक छ । लुम्बिनी अन्तर्राष्ट्रिय विमान स्थललाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि आवश्यक प्रवन्ध मिलाउनसम्बन्धित निकायले तदारूकता देखाउनु पर्दछ ।
पछिल्लादिनहरूमा लुम्बिनी प्रदेशकाआर्थिकतथाऔद्योगिक गतिविधिमामहिलाहरूकोसहभागितारनेतृत्वलेधेरैसकारात्मकसन्देशदिएकोछ।महिलाको व्यावसायिक नेतृत्व विकास तथा क्षमता अभिवृद्धिमा हामीले आर्थिक एवं मानवीय लगानी बढाउँदै लैजानुपर्दछ।यस अवसरमा उद्यमीमहिलादिदीबहिनीहरुलाईअझ मेहनत गर्दै स्वावलम्बी बनेरअगाडिबढ्नआह्वानगर्दछु।
अन्तमा, यस भव्य समारोहमा मलाई आमन्त्रण गर्नु भएकोमा रुपन्देही उद्योग संघ रलुम्बिनी प्रदेश उद्योग परिसंघलाई धन्यवाद दिँदै पुनः एक पटक प्रदर्शनीको पूर्ण सफलताका साथै तपाईंहरू सबैको सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
धन्यवाद ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार