बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

कालिकाको वार्षिकोत्सव सम्पन्न

बुटवल ।
कालिका मानवज्ञान माबी बुटवलको ६२ औ वार्षिकोत्सव पत्रकार, शिक्षक र विद्यार्थीहरुलाई सम्मान गर्दै सम्पन्न भएको छ।
विद्यालयमा आयोजित वार्षिकोत्सव मूल समारोहमा पत्रकारिताको माध्यमबाट सामुदायिक शिक्षाको समुन्नतिमा योगदान पुर्याए वापत कान्तिपुर दैनिककी सम्बाददाता सन्जु पौडेल, रातोपाटि अनलाईनका ब्युरो प्रमुख तेजेन्द्र के।सी , बुटवल टुडे दैनिकका उप(सम्पादक कृष्ण खनाल र दैनिक लुम्बिनीकी प्रतिमा गौतमलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। विद्यालयमा स्थापित अक्षयकोषहरुबाट पत्रकारहरुलाई पुरस्कार प्रदान गरिएको हो। वि।स। २०६५ सालदेखि हरेक वर्ष विद्यालयले शिक्षा पत्रकारिता पुरस्कार प्रदान गर्दै आईरहेको छ।
उक्त कार्यक्रममा विद्यालयका विभिन्न तहहरुमा उच्च शैक्षिक उपलब्धि दिलाउने १०१ जना शिक्षक तथा कर्मचारीहरुलाई नगद, प्रमाणपत्र र दोशाल्लाले सम्मान गरियो। विद्यालयले हरेक वर्ष कार्यसम्पादनको आधारमा छनौट गर्ने वर्ष शिक्षक सम्मान कृष्ण प्रसाद गौतमलाई र वर्ष उत्कृष्ट इन्चार्ज सम्मान नरेन्द्र पौडेललाई प्रदान गरिएको छ।
वार्षिकोत्सव मूल समारोहका प्रमुख अतिथि पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभामा सदस्य लिला गिरिले विद्यालयमा निर्मित १२ कोठे भवनको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै पूर्वमन्त्री गिरीले गुणस्तरीय शिक्षा प्राप्तिमा आर्थिक, सामाजिक, भौतिक र नीतिगत समस्याहरु भएको र आफुले ति समस्याहरु समाधान गर्नको लागि सधै सहयोग गर्ने बताए।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदन प्रस्तुत गर्दै थापाले सामुदायिक विद्यालयमा समेत अविभावाकहरुको लगानी बढ्दै गएकोले सामुदायिक विद्यालयहरु समेत सर्वसाधारणको पहुँच भन्दा बाहिर जाने डर बढ्दै गएको चिन्ता व्यक्त गर्दै कालिकालाई सबै खाले विद्यार्थीहरुको शिक्षा प्राप्तिको उत्कृष्ट थलो बनाउने योजना विद्यालयले बनाएको र यसमा सबिभावक, समुदाय र तिनै तहका सरकारले इमान्दारिताका साथ् सहयोग गर्नुपर्ने बताए।
कार्यक्रममा बुटवल उमनपाका प्रशासकीय अधिकृत टेकराज पन्थी, वार्ड नम्बर १० का वार्ड अध्यक्ष बलु पुन, अभिभावक इन्द्रमणि अर्याल, नित्यानन्द ज्ञवाली, होम बहादुर गलामी, घनश्याम पाठक लगायतले सामुदायिक शिक्षाको अवस्था र कालिकाले शिक्षामा पुर्याएको योगदानको चर्चा गरेका थिए। कार्यक्रमको संचालन शिक्षक सुदर्शन रेग्मीले गरेका थिए।
उक्त अवसरमा विद्यालयले हरेक वर्ष प्रकाशन गर्दै आएको कालिका मुखपत्रको विमोचन गर्नुका साथै दोश्रो जिल्लास्तरीय कालिका रनिंग शिल्ड खेलकुद प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय भएका विद्यालयहरुलाई शिल्ड र पुरस्कार प्रदान गरिएको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार