बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

शुभागमन सहकारी द्वारा स्थापना दिवसको अवसरमा खाद्यान्य सहयोग

बुटवल । आफ्नो स्थापना दिवसको अवसरमा बुटवलको शुभागमन बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले बुटवल ७ मा रहेको निलकण्ठ बाबाधाममा खाद्यान्य सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी सहकारीले आफ्नो ११ औं स्थापना दिवसको अवसरमा खाद्यान्य सहयोग गरेको हो ।
सहकारीका अध्यक्ष हरि प्रसाद पौडेलले प्रत्येक बर्ष स्थापना दिवस रचनात्मक कार्य गर्दै मनाउने गरिएकोमा यस पटक निलकण्ठ बाबा धामलाई खाद्यान्य सहयोग गरिएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए ।
सहकारीले बचत तथा क्रृणको कारोबार गर्ने मात्र नभई सामाजिक उत्तरदायित्व अनुसार सरसफाई कार्यक्रम, बृक्षारोपण, खाद्यान्य सहयोग जस्ता कार्यक्रम गर्दै आएको उनले बताए । त्यस बाहेक सहकारीका सदस्यलाई स्वरोजगार, आत्मनिर्भर बनाउन पनि सहकारी लागेको उनले बताए ।
खाद्यान्य सामाग्री बुझ्दै निकलण्ठ बाबाधामकी अध्यक्ष बेदमाया भटट्राईले धाममा सन्तोषीमाता गुरुकुल विद्यालय सञ्चालनमा आएपनि सरकार बाट सधै उपेक्षामा परेको बताए ।
खाद्यान्य सहयोग कार्यक्रममा धामका उपाध्यक्ष चुरामणी पौडेल, सहकारकिा निवर्तमान अध्यक्ष शालिकराम पौडेल, उपाध्यक्ष कुलप्रसाद बस्याल, कोषाध्यक्ष सुवास ढकालं तथा सचिव विष्णु प्रसाद भण्डारी लगाएतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार