बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

गुल्मीको मदाने गाउंपालिकाले छोरी,बुहारीलाई निःशुल्क उच्चशिक्षा दिने

गुल्मीको मदाने गाउंपालिकाले छोरी, बुहारीलाई निःशुल्क उच्चशिक्षा दिने भएको छ ।
उक्त कार्यक्रम अन्तर्गत पुर्कोट दहमा रहेको जनज्योति क्याम्पसमा उच्चशिक्षा अध्ययन गर्ने छोरी र बुहारीहरुलाई निःशुल्क अध्ययनको सुविधा राखिएको छ ।
उच्च शिक्षाको पहुंच विस्तार गर्न छोरी, बुहारी शैक्षिक छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको गांउपालिकाले जनाएको छ ।
जसअनुसार स्थानीय जनज्योति क्याम्पसमा अध्ययनरत सबै तहका सम्पूर्ण छात्राहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिने छ ।
हाल क्याम्पसमा अध्यनरत एक सय दुई जना छात्राले यसको प्रत्यक्ष लाभ लिएको बताइन्छ ।
क्याम्पस प्रमुख देवीराम भुसालले कार्यक्रमले पछिल्लो समयमा छोरी र बुहारीहरुको हक स्थापित गराउने कार्यमा थप आकर्षण बढाएको बताए ।
चालु आर्थिक वर्षबाट पालिकाले छोरी, बुहारीलाई निःशुल्क उच्चशिक्षा दिने कार्यक्रम ल्याएको हो । गाउंपालिकामा सरकारी छात्रवृत्ति नपाएका एमबीबीएस अध्ययनरत विद्यार्थीलाई प्रोत्साहनस्वरुप छात्रवृत्ति रकम पनि उपलब्ध गराउने व्यवस्था रहेको पालिका अध्यक्ष महेन्द्रबहादुर कुंवरले जानकारी दिए ।
त्यसैगरी सुरक्षित तवरले प्रसूती गराउन नसकेका गभर्वती महिलाहरुलाई तत्काल उचित गन्तव्यमा लैजान पालिकाले यातायात खर्चको समेत निःशुल्क व्यवस्था गरेको छ ।
चालु आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ाउँपालिकाभित्रका सम्पूर्ण विद्युत लाभग्राहीहरुको २० युनिटसम्मको न्यूनतम विद्युत महशुल भुक्तानी गर्ने कार्यक्रम पनि लागु मदाने गाउंपालिकामा भैसकेको छ ।
जसअन्तर्गत २०७९ श्रावण देखि पुस महिना सम्म ४ हजार ५८३ घरधुरीको नाममा पहिलो किस्ता अन्तर्गत ८ लाख २४ हजार ९४० रुपैयां नेपाल विद्युत प्राधिकरण तम्घासको नाममा जम्मा गरिएको गाउंपालिकाको कार्यालयले बताएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित