तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गुल्मीको मदाने गाउंपालिकाले छोरी,बुहारीलाई निःशुल्क उच्चशिक्षा दिने

गुल्मीको मदाने गाउंपालिकाले छोरी, बुहारीलाई निःशुल्क उच्चशिक्षा दिने भएको छ ।
उक्त कार्यक्रम अन्तर्गत पुर्कोट दहमा रहेको जनज्योति क्याम्पसमा उच्चशिक्षा अध्ययन गर्ने छोरी र बुहारीहरुलाई निःशुल्क अध्ययनको सुविधा राखिएको छ ।
उच्च शिक्षाको पहुंच विस्तार गर्न छोरी, बुहारी शैक्षिक छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको गांउपालिकाले जनाएको छ ।
जसअनुसार स्थानीय जनज्योति क्याम्पसमा अध्ययनरत सबै तहका सम्पूर्ण छात्राहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिने छ ।
हाल क्याम्पसमा अध्यनरत एक सय दुई जना छात्राले यसको प्रत्यक्ष लाभ लिएको बताइन्छ ।
क्याम्पस प्रमुख देवीराम भुसालले कार्यक्रमले पछिल्लो समयमा छोरी र बुहारीहरुको हक स्थापित गराउने कार्यमा थप आकर्षण बढाएको बताए ।
चालु आर्थिक वर्षबाट पालिकाले छोरी, बुहारीलाई निःशुल्क उच्चशिक्षा दिने कार्यक्रम ल्याएको हो । गाउंपालिकामा सरकारी छात्रवृत्ति नपाएका एमबीबीएस अध्ययनरत विद्यार्थीलाई प्रोत्साहनस्वरुप छात्रवृत्ति रकम पनि उपलब्ध गराउने व्यवस्था रहेको पालिका अध्यक्ष महेन्द्रबहादुर कुंवरले जानकारी दिए ।
त्यसैगरी सुरक्षित तवरले प्रसूती गराउन नसकेका गभर्वती महिलाहरुलाई तत्काल उचित गन्तव्यमा लैजान पालिकाले यातायात खर्चको समेत निःशुल्क व्यवस्था गरेको छ ।
चालु आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ाउँपालिकाभित्रका सम्पूर्ण विद्युत लाभग्राहीहरुको २० युनिटसम्मको न्यूनतम विद्युत महशुल भुक्तानी गर्ने कार्यक्रम पनि लागु मदाने गाउंपालिकामा भैसकेको छ ।
जसअन्तर्गत २०७९ श्रावण देखि पुस महिना सम्म ४ हजार ५८३ घरधुरीको नाममा पहिलो किस्ता अन्तर्गत ८ लाख २४ हजार ९४० रुपैयां नेपाल विद्युत प्राधिकरण तम्घासको नाममा जम्मा गरिएको गाउंपालिकाको कार्यालयले बताएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित