तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

प्रदेश स्तरीय खाद्य परिषद गठन गर्न माग

बुटवल, पुस २ । प्रदेश खाद्य परिषद गठनको कार्य अगाडि बढाउन माग गर्दै फियान नेपालले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशलाई आग्रह गरेको छ । खाद्य अधिकारको क्षेत्रमा काम गर्दैै आएको फियानले आइतबार बुटवलमा छलफल र अन्तरक्रिया गरेर परिषद गठनको प्रक्रिया अगाडि बढाउन माग गरेको हो । फियानले परिषद गठनका लागि तयार पारेको ड्राफ्ट पनि मन्त्रालयलाई बुझाएको छ ।
फियान नेपालका निर्देशक सुरेश गौतमले नयाँ बन्ने सरकार र कृषि मन्त्रालयले परिषद गठनलाई प्राथामिकतामा राख्न आग्रह गरे । ‘खाद्य ऐन मौलिक हक हो’ गौतमले भने, ‘कर्णाली प्रदेशले गठन गरिसक्यो । अन्य प्रदेशहरूले पनि काम अगाडि बढाएका छन । लुम्बिनीले पनि ढिलाई गर्न भएन ।’ कृषिको विकासको लागि परिषद अति आवश्यक छ ।
मन्त्रालयका भूमिस्रोत नक्सांकन महाशाखा प्रमुख अनिल मरासिनीले मन्त्रालयले ड्राफ्ट तयार गरेर आन्तरिक मामिला मन्त्रालय पठाइएको बताए । संघीय सरकारले नियमावली नबनाउदा प्रदेश स्तरीय परिषद गठनमा समस्या भएको बताए । खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन को कार्यान्वयनका लागि फियानले काम गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित