तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एमालेको प्राथमिकतामा सरकार छैन : गोकर्ण विष्ट

नेकपा एमालेका सचिव गोकर्ण बिष्टले अहिले एमालेको प्राथमिकतामा सरकार नभएको बताएका छन् ।

आइतवार बिहान बुटवलमा पत्रकारसँग कुराकानी गर्दै गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद विष्टले मंसिर ४ गतेको चुनावको नतिजाले एमालेलाई प्रतिपक्षको भूमिका दिएको स्पष्ट पारे ।

आउँदो ५ वर्ष एमालेले सशक्त प्रतिपक्षको भूमिका खेल्ने विष्टले बताए तर अरु दलले सरकार बनाउन नसकेर बाध्यात्मक परिस्थिति आएमा संसदीय मूल्यमान्यता अनुसार नेतृत्वका लागि पहल गर्न पनि पछि नहट्ने स्पष्ट पारे ।

अरु दलले सरकार बनाउन नसकेर बाध्यात्मक अवस्था आएमा एमाले जिम्मेवारीबाट पन्छिन नसक्ने पनि विष्टले स्पष्ट पारेका छन् । ‘हामीलाई प्रतिपक्षमा बस्ने जनताको म्यान्डेट हो । त्यसैले सत्तामा बस्नका लागि अवान्छित गतिविधि गर्ने पक्षमा छैनौं, सरकार निर्माणका लागि एमालेलाई हतारो छैन तर बाध्यात्मक परिस्थिति आयो भने लोकतान्त्रिक मूल्यमान्यता अनुसार नेतृत्व लिन पहल पनि गर्छौं,’ विष्टले भने ।

निर्वाचनले वाम आन्दोलन, राष्ट्र र जनताको हितका लागि महत्त्वपूर्ण सन्देश दिएको उनले बताए । एमालेलाई कमजोर बनाउन चौतर्फी घेराबन्दी भए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रूपमा अनुमोदन गरेको भन्दै मतदातालाई धन्यवाद दिए । वाम पार्टीको नामबाट राष्ट्रिय स्वाधिनताको हितविपरीत लाग्ने तथा दक्षिणपन्थीसँग गठबन्धन गर्नेहरूसँग गठबन्धन गरेर सरकार बनाउन आफूहरू नलाग्ने उनले बताए ।

चुनावबाट कसैको बहुमत नआएकाले आउँदो ५ वर्ष मुलुकमा अस्थिरता भइरहने र अर्थतन्त्र संकटमा पर्नसक्ने भन्दै एमालेले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित