बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

गुल्मी–सिर्सेनी समाज रूपन्देहीको आयोजनामा भएको रक्तदान कार्यक्रम ६८ यूनिट रगत संकलन

गुल्मी सिर्सेनी समाज रूपन्देही प्रथम वार्षिकोत्सवका अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरेको छ ।
विभिन्न सामाजिक कार्यक्रम गर्ने सिलसिलामा शनिबार बुटवलस्थित रक्त सन्चार सेवा केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको समाजले जनाएको छ ।
कार्यक्रममा समाजमा आवद्ध व्यक्तिबाट ६८ यूनिट रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजक आदर्श भट्टराईले बताए ।
समाजका अध्यक्ष भीष्म राज अर्यालको अध्यक्षतामा, रक्तसन्चार सेवा केन्द्रका अध्यक्ष कृष्ण चौहानको प्रमुख आतिथ्य भएको कार्यक्रमको सञ्चालन महेन्द्र अर्यालले गरेका थिए ।
सोही अवसरमा बाल्दै प्रमुख अतिथि चौहानले रगतको अभाव हुन नदिने केन्द्रले नियमित रक्तदान कार्यक्रम गरिरहेको बताउँदै रक्तदान गरेमा कमजोर भईन्छ भन्ने धारणालाई सवै मिलेर परिर्वतन गर्नुपर्ने बताए । अहिले पनि रक्तदान गर्न कतिपय अप्ठयारो मान्ने गरेकाले १८ बर्ष उमेर पुगेपछि कम्तिमा पनि आफ्नो जन्मदिन रक्तदान गरेर मनाउन सवैलाई आग्रह गरे ।
समाजका अध्यक्ष भिष्मराज अर्यालले समाजले सामाजिक उत्तरदायित्व अनुसार रक्तदान कार्यक्रमको आयोजना गरिएको र आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने बताए ।
साथै उनले १५ पुसमा गुल्मीको मदाने ३ सिर्सेनिमा निःशूल्क स्वास्थ्य शिविर समेत आयोजना गर्न लागिएको र २३ पुसमा समाजले साधरणसभा गर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित