नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने एमालेले टुङ्ग्यायो लुम्बिनी प्रदेशका मन्त्रीको नाम                
समाचार :

रुपन्देहीका सामुदायिक विद्यालयहरु देशकै उत्कृष्टः पौडेल

पुर्वउपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीका सामुदायिक विद्यालयहरु देशकै उत्कृष्ट बन्दै गएको बताएका छन् ।

कान्ति माध्यमिक विद्यालय बुटवलको ६९ ओैं वार्षिकोत्सब तथा अभिभावक दिवस २०७९ को अवसरमा बोल्दै पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य आफ्नो शैक्षिक कार्यक्रमहरुलाई रुपन्देहीका सामुदायिक विद्यालयहरुले देशमै उत्कृष्ट नमुना प्रस्तुत गरिरहेको बताएका हुन् ।

उनले यहाँका सामुदायिक विद्यालयहरुले आगामी दिनहरुमा देशको शैक्षिक गतिविधिमा नेतृत्व लिन सक्ने क्षमता विकास गर्दै लगेको समेत बताए । रुपन्देहीमा सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक विकास तथा सुधारका लागि आफ्नो तर्फबाट कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता पौडेलले व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले रुपन्देहीको बुटवलमा रहेर मुलुकका २५ जिल्लाका विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिरहेको कान्ति माध्यमिक विद्यालयले आगामी दिनहरुमा प्राविधिक धारका विषयहरुको पठन पाठनलाई ध्यान दिंदै बढ्दै गएको शैक्षिक बेरोजगारी कम गर्नका लागि अगाडि बढ्नु पर्ने बताए ।

उनले यसका लागि आफुहरु जुनसुकै भूमिकाका लागि सधैं तयार रहेको पनि बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलका सामुदायिक विद्यालयहरुलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाका रुपमा विकास गर्दै लैजाने ध्येयका साथ उप महानगरपालिकाले कार्यक्रम गरिरहेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्राचार्यहरु, रुपन्देही जिल्लामा सक्रिय रहेका सम्पूर्ण राजनैतिक दलका प्रतिनिधि, विभिन्न क्षेत्रका समाजसेवी, अभिभावकहरु, विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका शिक्षक हुमराज भुसालले जानकारी दिए ।

यसैगरी लुम्बिनी प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले आगामी दिनहरुमा प्राविधिक धारका विषयहरुको पठन पाठनलाई विद्यालयले ध्यान दिनुपर्ने बताए । यसैगरी बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलका सामुदायिक विद्यालयहरुलाई अन्तरास्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने सस्थाका रुपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
वडा नं ४ का अध्यक्ष नरिश्वर शर्माले बुटवल उपमहानगरपालिका विद्यालयको सर्वाङ्गिण विकासका लागि सधैंभरि तयार रहेकाले शिक्षालयलाई विवाद रहित बनाउन सुझाव दिए ।
कार्यक्रममा पूर्व जिसिअ टेक बहादुर थापा, बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत , अभिभावक संघका लोकनाथ ज्ञवालीले शुभकामना मनतव्य दिएका थिए ।
सो अवसरमा लगातार २५ वर्ष शिक्षण कार्यमा योगदान पुराएका पूर्व शिक्षक यज्ञलाल सुवेदी र कार्यरत शिक्षक घनश्याम यादवलाई कान्ति दीर्घ सेवा पदक बाट सम्मान गरिएको छ । वर्षको उत्कृष्ट कर्मचारीका रुपमा प्रेम बहादुर बगाले, शिक्षकको रुपमा अमित कशौधन र मञ्जु बस्नेत , उत्कृष्ट अभिभावकका रुपमा गोकर्ण पराजुली र कमला पन्थी जि सि लाई सम्मानित गरिएको थियो । जेहेन्दार तथा लगनशील विद्यार्थीहरुलाई विभिन्न सस्था र व्यक्तिबाट स्थापना गरिएको अक्षयकोषको ब्याज रकमबाट छात्रवृत्ति प्रदान गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार