अग्लुङ्ग पुगेका बिष्टलाई नजोडिएको बाटो देखाउदै भने मतदाता भन्छन् : ‘सडक र मन दुबै जोड्न चाहान्छौ’ चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसमा नगर प्रमुख पाण्डेयको शुभकामना आज महाशिवरात्री पर्व मनाइँदै इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न: संस्कारयुक्त शिक्षामा जोड रुपन्देहीमा २ अर्बमा पाँचतारे होटल एमराल्ड प्यालेस बन्दै, को हुन् लगानीकर्ता घिमिरे ? सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै बुटवलका शिक्षण संस्थाका क्यान्टिनमा ‘फुड कलर’ प्रयोग भएको फेला                
समाचार :

रुपन्देहीका सामुदायिक विद्यालयहरु देशकै उत्कृष्टः पौडेल

पुर्वउपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीका सामुदायिक विद्यालयहरु देशकै उत्कृष्ट बन्दै गएको बताएका छन् ।

कान्ति माध्यमिक विद्यालय बुटवलको ६९ ओैं वार्षिकोत्सब तथा अभिभावक दिवस २०७९ को अवसरमा बोल्दै पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य आफ्नो शैक्षिक कार्यक्रमहरुलाई रुपन्देहीका सामुदायिक विद्यालयहरुले देशमै उत्कृष्ट नमुना प्रस्तुत गरिरहेको बताएका हुन् ।

उनले यहाँका सामुदायिक विद्यालयहरुले आगामी दिनहरुमा देशको शैक्षिक गतिविधिमा नेतृत्व लिन सक्ने क्षमता विकास गर्दै लगेको समेत बताए । रुपन्देहीमा सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक विकास तथा सुधारका लागि आफ्नो तर्फबाट कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता पौडेलले व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले रुपन्देहीको बुटवलमा रहेर मुलुकका २५ जिल्लाका विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिरहेको कान्ति माध्यमिक विद्यालयले आगामी दिनहरुमा प्राविधिक धारका विषयहरुको पठन पाठनलाई ध्यान दिंदै बढ्दै गएको शैक्षिक बेरोजगारी कम गर्नका लागि अगाडि बढ्नु पर्ने बताए ।

उनले यसका लागि आफुहरु जुनसुकै भूमिकाका लागि सधैं तयार रहेको पनि बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलका सामुदायिक विद्यालयहरुलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाका रुपमा विकास गर्दै लैजाने ध्येयका साथ उप महानगरपालिकाले कार्यक्रम गरिरहेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्राचार्यहरु, रुपन्देही जिल्लामा सक्रिय रहेका सम्पूर्ण राजनैतिक दलका प्रतिनिधि, विभिन्न क्षेत्रका समाजसेवी, अभिभावकहरु, विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका शिक्षक हुमराज भुसालले जानकारी दिए ।

यसैगरी लुम्बिनी प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले आगामी दिनहरुमा प्राविधिक धारका विषयहरुको पठन पाठनलाई विद्यालयले ध्यान दिनुपर्ने बताए । यसैगरी बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलका सामुदायिक विद्यालयहरुलाई अन्तरास्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने सस्थाका रुपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
वडा नं ४ का अध्यक्ष नरिश्वर शर्माले बुटवल उपमहानगरपालिका विद्यालयको सर्वाङ्गिण विकासका लागि सधैंभरि तयार रहेकाले शिक्षालयलाई विवाद रहित बनाउन सुझाव दिए ।
कार्यक्रममा पूर्व जिसिअ टेक बहादुर थापा, बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत , अभिभावक संघका लोकनाथ ज्ञवालीले शुभकामना मनतव्य दिएका थिए ।
सो अवसरमा लगातार २५ वर्ष शिक्षण कार्यमा योगदान पुराएका पूर्व शिक्षक यज्ञलाल सुवेदी र कार्यरत शिक्षक घनश्याम यादवलाई कान्ति दीर्घ सेवा पदक बाट सम्मान गरिएको छ । वर्षको उत्कृष्ट कर्मचारीका रुपमा प्रेम बहादुर बगाले, शिक्षकको रुपमा अमित कशौधन र मञ्जु बस्नेत , उत्कृष्ट अभिभावकका रुपमा गोकर्ण पराजुली र कमला पन्थी जि सि लाई सम्मानित गरिएको थियो । जेहेन्दार तथा लगनशील विद्यार्थीहरुलाई विभिन्न सस्था र व्यक्तिबाट स्थापना गरिएको अक्षयकोषको ब्याज रकमबाट छात्रवृत्ति प्रदान गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित