युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

कुनैपनि मोर्चाको मुरली बजाउने नाममा प्रचण्डलाई प्रधानमन्त्री एमालेले बनाउँदैन – थापा

नेकपा एमालेका पोलिटब्युरो सदस्य सुर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व नेकपा एमालेले कुनैपनि हालतमा स्वीकार नगर्ने बताएका छन् ।
प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापाले बामपन्थी एकता वा कुनैपनि मोर्चाको मुरली बजाउने नाममा प्रचण्डलाई प्रधानमन्त्री बनाउने काममा एमाले नलाग्ने बताए । बुटवलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता थापाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने नाममा कुनै एकता वा मोर्चा बनाउने काममा एमाले नलाग्ने बरु नेपाली कांग्रेसलाई समर्थन गरेर प्रतिपक्षमा बस्ने बताए ।
नेता थापाले एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउनेगरी कुनै निर्णय गर्याे भने आफुले असहमति जनाउने र नोटअफ डिसेन्ट लेख्ने बताउनुभयो । नेता थापाले अहिले बामपन्थी एकता समेत सम्भव नभएको बताए । नेकपा एमालेले बामपन्थी एकताको अभ्यासबाट यसअघि नै धोका खाएको भन्दै उहांले बामपन्थी एकताको मुरली धुन अब नचल्ने स्पष्ट पारे ।
बिगतमा एकिकरणका नाममा प्रचण्डले पार्टी कब्जा गर्ने षड्यन्त्र गरेकोले उनलाई स्विकार गर्न नसकिने थापाको तर्क थियो ।सत्ता बनाउनकै लागि हुने गठबन्धनको चलखेल, सांसद किनबेच तथा अनैतिक सम्झौताबाट पनि पार्टी जोगिनुपर्ने नेता थापाको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित