बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

कुनैपनि मोर्चाको मुरली बजाउने नाममा प्रचण्डलाई प्रधानमन्त्री एमालेले बनाउँदैन – थापा

नेकपा एमालेका पोलिटब्युरो सदस्य सुर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व नेकपा एमालेले कुनैपनि हालतमा स्वीकार नगर्ने बताएका छन् ।
प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापाले बामपन्थी एकता वा कुनैपनि मोर्चाको मुरली बजाउने नाममा प्रचण्डलाई प्रधानमन्त्री बनाउने काममा एमाले नलाग्ने बताए । बुटवलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता थापाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने नाममा कुनै एकता वा मोर्चा बनाउने काममा एमाले नलाग्ने बरु नेपाली कांग्रेसलाई समर्थन गरेर प्रतिपक्षमा बस्ने बताए ।
नेता थापाले एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउनेगरी कुनै निर्णय गर्याे भने आफुले असहमति जनाउने र नोटअफ डिसेन्ट लेख्ने बताउनुभयो । नेता थापाले अहिले बामपन्थी एकता समेत सम्भव नभएको बताए । नेकपा एमालेले बामपन्थी एकताको अभ्यासबाट यसअघि नै धोका खाएको भन्दै उहांले बामपन्थी एकताको मुरली धुन अब नचल्ने स्पष्ट पारे ।
बिगतमा एकिकरणका नाममा प्रचण्डले पार्टी कब्जा गर्ने षड्यन्त्र गरेकोले उनलाई स्विकार गर्न नसकिने थापाको तर्क थियो ।सत्ता बनाउनकै लागि हुने गठबन्धनको चलखेल, सांसद किनबेच तथा अनैतिक सम्झौताबाट पनि पार्टी जोगिनुपर्ने नेता थापाको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित