बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

चिसो मौसमले श्वासप्रश्वासका बिरामी बढ्दै

चिसो मौसम र वायु प्रदूषणले रुपन्देहीमा श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । रुपन्देहीका सरकारी तथा निजी अस्पतालमा उपचार गर्न आउनेमध्ये अधिकांश बिरामीमा फोक्सोको समस्या देखिन थालेको चिकित्सकले बताएका छन् ।

‘अस्पतालमा आउनेमध्ये एक तिहाईमा श्वासप्रश्वासको समस्या छ,’ लुम्बिनी प्रादेशिक अस्पतालका जनरल फिजिसियन डा. नन्दु पाठकले भने, ‘शरीरमा चाहिने शुद्ध हावा (अक्सिजन) लिने र अशुद्ध हावा (कार्बनडाइअक्साइड) फयाँक्ने महत्त्वपूर्ण अंग फोक्सोको ख्याल राख्नुपर्ने हुन्छ ।’ फोक्सोमा समस्या आउनुभन्दा पहिले सचेत हुनुपर्ने उनको सुझाव छ ।

सुख्खा खोकी लाग्ने, घ्यारघ्यार हुने लक्षण लिएर आउनेको संख्या हृवात्तै बढेको उनले बताए । डेंगुको समस्या कम भएसँगै अस्पतालमा ज्वरो नआएका दम र खोकीका बिरामी बढेको उनले बताए । वातावरण प्रदूषणका मुख्य कारण निर्माण, उद्योग, सवारी र पराल जलाउने जस्ता कारणले हुने भन्दै यसबाट जोगिन धुलोधुवाँमा हिँड्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने उनी बताउँछन् ।

सुरक्षाका लागि गुणस्तरीय मास्क लगाउन उनको सुझाव छ । कोभिड–१९ संक्रमणकालपछि मानिसमा मास्क लगाउने सचेतना बढे पनि सही रूपमा प्रयोग नभएको उनले बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक बिरामी थपिनेको संख्या बढिरहेको उनको भनाइ छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित