तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

चिसो मौसमले श्वासप्रश्वासका बिरामी बढ्दै

चिसो मौसम र वायु प्रदूषणले रुपन्देहीमा श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । रुपन्देहीका सरकारी तथा निजी अस्पतालमा उपचार गर्न आउनेमध्ये अधिकांश बिरामीमा फोक्सोको समस्या देखिन थालेको चिकित्सकले बताएका छन् ।

‘अस्पतालमा आउनेमध्ये एक तिहाईमा श्वासप्रश्वासको समस्या छ,’ लुम्बिनी प्रादेशिक अस्पतालका जनरल फिजिसियन डा. नन्दु पाठकले भने, ‘शरीरमा चाहिने शुद्ध हावा (अक्सिजन) लिने र अशुद्ध हावा (कार्बनडाइअक्साइड) फयाँक्ने महत्त्वपूर्ण अंग फोक्सोको ख्याल राख्नुपर्ने हुन्छ ।’ फोक्सोमा समस्या आउनुभन्दा पहिले सचेत हुनुपर्ने उनको सुझाव छ ।

सुख्खा खोकी लाग्ने, घ्यारघ्यार हुने लक्षण लिएर आउनेको संख्या हृवात्तै बढेको उनले बताए । डेंगुको समस्या कम भएसँगै अस्पतालमा ज्वरो नआएका दम र खोकीका बिरामी बढेको उनले बताए । वातावरण प्रदूषणका मुख्य कारण निर्माण, उद्योग, सवारी र पराल जलाउने जस्ता कारणले हुने भन्दै यसबाट जोगिन धुलोधुवाँमा हिँड्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने उनी बताउँछन् ।

सुरक्षाका लागि गुणस्तरीय मास्क लगाउन उनको सुझाव छ । कोभिड–१९ संक्रमणकालपछि मानिसमा मास्क लगाउने सचेतना बढे पनि सही रूपमा प्रयोग नभएको उनले बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक बिरामी थपिनेको संख्या बढिरहेको उनको भनाइ छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित