अर्घाखाँची सिमेन्टले एनएमबि क्यापिटल लिमिटेडलाई तोक्यो शेयरको निष्काशन तथा बिक्री प्रबन्धक गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते लुम्बिनी प्रादेशिक अस्पताल: ६ अर्ब लागतमा अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु आजको मौसमः गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बर्षा र हावाहुरी प्रहरीले सुप्रिम सहकारीको अनुसन्धान टुंग्यायो स्वर्ण महोत्सवमा प्रशिक्षण, स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम रुपन्देहीको तिलोत्तमामा भयानक बस दुर्घटना (तस्विरहरु) आजको मौसमः तीन प्रदेशमा मेघगर्जन सहित बर्षा हुने सिँचाइ सुविधाले हराभरा बन्दै गेखुङ फाँटका खेत                
समाचार :

प्रतिनिधिसभामा निर्वाचित पूर्वमेयर घिमिरेलाई तिलोत्तमाको सम्मान

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले क्षेत्र नं.५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बासुदेव घिमिरेलाई सम्मान गरेको छ।

नगरपालिकाका पूर्वमेयर समेत रहेका घिमिरे हालै सम्पन्न निर्वाचनमा रूपन्देहीको क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

घिमिरेलाई मंगलबार नगरपालिका कार्यालयले बधाई सहित सम्मान गरेको हो। नगरपालिकाका मेयर रामकृष्ण खाणले प्रतिनिधिसभा सदस्यमा निर्वाचित घिमिरेलाई पुष्पगुच्छा र टिका लगाईदिएर सम्मान गरेका हुन्।

यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा घिमिरेले खाणलाई पराजित गर्दै तिलोत्तमा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। यसपटक क्षेत्र नं. ५ बाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता भरत कुमार साहलाई पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन्।

नगरपालिकाका मेयर खाणले प्रतिनिधिसभामा नगरपालिकाका पूर्व मेयरको विजयी यात्रा सिंगो तिलोत्तमा नगरपालिकाकै सान र गौरव भएको बताए। उनले निर्वाचित भएको क्षेत्रको मात्र नभई तिलोत्तमा नगरपालिकाका हरेक विकास निर्माणका कामहरुमा सहकार्य गर्दै अगाडि बढ्न आग्रह गरे। ‘पूर्व नगरप्रमुखको प्रतिनिधिसभा सदस्यको विजयी यात्रा उहाँको खुसीको कुरा मात्र होईन, सिंगो तिलोत्तमा नगरपालिकाकै गौरबको विषय हो,’ खाणले भने।

खाणले नगरप्रमुख हुँदा देशभरी कमाएको ख्यातीलाई प्रतिनिधिसभा सदस्य रहँदा अझै उचाईमा पुर्‍याउनुपर्ने बताए।

तीन वटै तहका सरकारको सहकार्य र साझेदारीबाट मात्र मुलुकको विकास सम्भव भएकोले देश विकास गर्ने सवाल र जनतालाई सेवा प्रदान गर्ने सवालमा एकतावद्ध भई मिलेर अगाडि बढ्नुपर्ने मेयर खाणको भनाई थियो।

सम्मान ग्रहण गर्दै निर्वाचित प्रतिनिधिसभा सदस्य घिमिरेले आफूले तिलोत्तमाको मेयर रहँदा कमाएको माया, सम्मान र जनताप्रतिको विश्वासको कारण अहिलेको अवस्थामा आएको भन्दै आफूप्रति जनताले गरेको विश्वासलाई कहिल्यै कमि आउन नदिने बताए।

‘म अहिले जहाँ पुगेको छु जनताको मायाँ र विश्वासका कारण पुगेको छु, यो विश्वास र मायालाई कमि आउन दिने छैन,’ उनले भने।

घिमिरेले आफ्नै कार्यकालमा तिलोत्तमा नगरपालिकालाई मुलुककै उत्कृष्ट नगरपालिका घोषणा गर्न सफल भएको उल्लेख गर्दै यहाँ सञ्चालित विकास निर्माण आयोजना सम्पन्न गर्न आफ्नो तर्फबाट सधै साथ र सहयोग रहने बताए। उनले क्षेत्र नम्बर ५ बाट निर्वाचित भए पनि त्यो क्षेत्र सँगै तिलोत्तमा नगर र समग्र रुपन्देही जिल्लाकै विकासका लागि सदैव लाग्ने बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार