कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार! सिटी क्याम्पसले चुम्यो भलिवलको उपाधि गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी बुटवलबाट देउवाले भने–‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’ सिद्धार्थ प्रतिभा हाइस्कुलको बसले ठक्कर दिदाँ रुपन्देहीमा २ जनाको मृत्यु अक्सफोर्ड मा.वि बुटवलले उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गर्दै प्रकाशन गर्याे परीक्षाफल संकल्प यात्रामा पार्टी पंक्ति परिचालन गर्ने एमाले रूपन्देहीको निर्णय मृतकका परिबारलाई ७ लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो भावनाको शव कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवल धागो कारखाना रेखदेखको जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई                
समाचार :

सहकारीले उत्पादनशिल क्षेत्रमा लगानीका लागि जोड गरौं- तुलाचन

बुटवल । राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य तथा सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले लगानीलाई उत्पादनसँग जोडेर सहकारीहरु अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय सहकारीहरुले आफ्नो मर्मविपरित चल्दा आर्थिक समस्याहरु ब्यहोर्नुपरेका घटना सुनाउँदै सचेत भएर अगाडि बढ्नुपर्ने बताए । मंगलमय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुटवलमा सम्पन्न १५ औं वार्षिक साधारणसभामा बोल्दै उनले वित्तीय क्षेत्रमा देखिएको आर्थिक तरलताको संकटप्रति चिन्त व्यक्त गरे ।

बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलता अभावसँगै सहकारीहरु आर्थिक रुपमा आतंकित हुनुपर्ने अवस्था सिर्जना भएकोप्रति चिन्ता व्यक्त गर्दै तुलाचनले सदस्यहरुलाई सहकारी शिक्षा दिन आवश्यक रहेको समेत बताए ।

सहकारीको उद्देश्य र मर्म विपरित चल्दा केही संस्थाहरुले संकट व्यहोरिरहेको बताउँदै उनले त्यस प्रकारकार संकट आउन नदिनका लागि सहकारी शिक्षा तथा नियमिततामा ध्यान दिन जरुरी रहेको बताए ।

नेपाल बचत तथा ऋण सहकारी बैंकका रुपन्देही फल्ड इन्चार्ज छत्रप्रसाद धमलाले सहकारीहरुलाई पारदर्शी र सदस्य केन्द्रित बनाउनु पर्नेमा जोड दिए । पछिल्लो समय सहकारीहरु आर्थिक संकटमा पर्नुका कारण बारे गलत तथा भ्रामक जानकारी सदस्यहरुमा पुगेका कारण उनीहरुले लगानी सुरक्षित नभएको महशुस गर्दा समस्या उत्पन्न भएको उल्लेख गरे ।

सदस्यहरुले आफ्नो लगानी सुरक्षित रहेको महशुस गराउन सके आर्थिक संकटको समस्याबाट सहकारीहरु बच्न सक्ने उनले बताए । कार्यक्रममा बोल्दै मँगलमय बचत तथा ऋण सहकारीका पूर्व अध्यक्ष तथा वरिष्ठ सल्लाहकार होम गलामीले उत्पादनशिल क्षेत्रमा लगानी गर्न जोड दिए । सदस्यहरुले बचतसँगै सहकारीबाट प्राप्त गर्ने ऋणलाई अनुपात्क क्षेत्रमा लगानी गर्न नहुने उनले बताए ।

सहकारीको वार्षिक उत्सवका अवसरमा ४१ जना जेष्ठ नागरिक सदस्यहरुलाई दोसल्ला सहित एक हजार नगद राशीले सम्मान गरिएको थियो । यसैगरी सहकारीले सञ्चालन गरेको सीपमूलक तालिम अन्तरगत मोवाइल मर्मत सम्बन्धित तालिममा सहभागी ११ जना युवाहरुलाई सम्मन गरेको थियो । हाल १४२३ जना सदस्यहरु रहेको सहकारीमा प्रत्येक वर्ष ४ सयका दरले ५ वर्षमा २ हजार बढी सदस्य पुर्याउने लक्ष्य रहेको कार्यबहाक अध्यक्ष बुध माया पुनले बताइन् ।

वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उनले ५ वर्षमा सेयर पूँजी १० करोड र निक्षेप १ सय करोड पुर्याउने लक्ष्य रहेको उल्लेख गरिन् । सहकारीले सामाजिक सुरक्षातर्फ प्रत्येक सदस्यहरुका लागि २ लाख तथा कर्मचारीहरुका लागि ५ लाख बराबरको दुर्घटना विमा गरिदिएको उनले बताइन् । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका कोषाध्यक्ष रामबहादुर थापाले ऋण प्रवाहलाई नियमको दायरामा ल्याउने काम भएको उल्लेख गरे ।

पछिल्लो आर्थिक वर्षमा सेयर पूँजीमा १४ दशमलव ४७ प्रतिशतले वृद्धि भई ४ करोड २५ लाख ५३ हजार एक सय पुगेको उल्लेख गरे । यसैगरी जगेडा कोषमा १४ दशमलव ५५ प्रतिशतले वृद्धि भई ३ करोड ३४ लाख ९३ हजार पुगेको जानकारी गराए । निक्षेपतर्फ अघिल्लो वर्षभन्दा ७ दशमलव शुन्य ९ प्रतिशतले कमी भई ४२ करोड ५६ लाख ९१ हजार ४० रुपैयाँ रहेको प्रतिवेदनमा प्रस्तुत गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार