मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

चुनावको मुखमा झांक्रीलाई जिताउन कमान्डर भएका गौतम भ्रष्टाचारी ठहर

चुनावको मुखमा नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका शेषकान्त गौतम भ्रष्टाचारी ठहर भएका छन । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक गौतमलाई आईतबर विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ ।

आईतबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुशीप्रसाद थारुको इजलासले गौतमसहित तत्कालीन शाखा प्रमुख रघुपति चौधरीलाई कैद सजाय हुने फैसला सुनाएको छ। उनीहरू दुवैलाई जरिवानासमेत तिराउने फैसला भएको विशेष अदालतले जनाएको छ।
विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन २०१९ को दफा १९९२० बमोजिम तीन महिनादेखि एक वर्षसम्म कैद तथा १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले गौतम र चौधरी दुबै जनालाई ३र३ महिना कैद र जनही १० हजार रुपैयाँ जरिवाना तिराउने फैसला भएको दैनिकीलाई जानकारी दिए । गौतम र चौधरीले योग्यता नपुगेका आवेदकहरूको दरखास्त फारमहरू ठीक छ भनी प्रतिवेदन दिएका थिए ।

गौतम मंसिर ४ को चुनावमा समाजवादीका नेता झाँक्रीलाई चुनाव जिताउन कमान्डर भएर हिडेँका थिए । उनी बामदेव गौतम पहिलो पटक गृहमन्त्री हुँदा उनको निजी सचिवालयमा काम गर्थे । सरकारी सेवामा भए पनि एमालेको राजनीतिमा जोडिएका उनी पछिल्लो समय भ्रष्टाचारको मुद्दा लागेपछि जोगिनका लागि भन्दै एमालेबाट विभाजन भएर सत्तारूढ बनेको समाजवादी पार्टीमा लागेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित