युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

पुस २ गते बुटवलमा युवा उद्यमी सम्मेलन २०२२ हुने

  • `
  • बुटवल ।
    नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा दोस्रोपटक युवा उद्यमी सम्मेलन हुने भएको छ ।

    यहि पुस २ गते हुने सम्मेलन तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा रहेको होटल एसआर प्रालिमा आयोजना हुनेछ । युवा उद्यमी सम्मेलनमा देशभरबाट युवा उद्यमीहरु सहभागी हुने भएका छन् । युवा उद्यमशिलता विकास गर्ने, नयाँ उद्यमीहरुको खोजी तथा सम्भावनाको विषयमा सरकार, युवा र उद्यमशिलताको विषयमा सम्मेलन केन्द्रीत हुने अध्यक्ष निरज लाकौलले जानकारी दिए ।

    स्वदेशभित्र नै युवा उद्यमशिलता जागरण पैदा गर्नको लागि दास्रोपटक रुपन्देहीका यस्तो प्रकृतिको कार्यक्रम आयोजना गर्न लागिएको हो । सम्मेलनमा विभिन्न उद्यमीले आफ्नो प्रस्तुती समेत दिने संयोजक श्रेष्ठ युवा जानकारी दिए ।

    कार्यक्रम संयोजक राजीव श्रेष्ठका अनुसार ३ सय देखि ४ सय ५० भन्दा बढी युवा उद्यमीहरुको सहभागीता हुने अपेक्षा लिइएको छ । सम्मेलनमा मुख्य वतmा ज्योती गु्रप अफ कम्पनिका निर्देशक तथा स्याकार टे«डिङ कम्पनिका अध्यक्ष सौरभ ज्योतिको विशेष प्रस्तुती रहनेछ ।
    युवा सम्मेलनबाट खासगरी युवा उद्यमीहरुको बीचमा सम्पर्क सवाल विस्तार, नयाँ आउन लागेका उद्यमीहरुको बीचमा प्रेरणादायी सम्बन्ध बिस्तारका साथै व्यवसायिक भावनाको एकता, नयाँ व्यवसाय सुरुवातको प्रक्रिया, अवसर, चुनौतिको विषयमा छुट्टाछुट्टै छलफल कार्यक्रम समेत आयोजना गरिने भएको छ ।

     

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित