अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’                
समाचार :

अक्षरमा क्षमता अभिबृद्धि तथा उद्घोषण कार्यक्रम

बुटवल । बुटवलको कालिकानगरमा रहेको अक्षर इन्टरनेशनल स्कुलले आफ्ना शिक्षक कर्मचारीका लागि एक दिने क्षमता अभिवृद्धि तथा स्टेज उद्घोषण कार्यक्रम गरेको छ ।
अक्षर स्कुलले आफ्ना शिक्षक कर्मचारीको क्षमता तथा सीप विकाससँगसँगै अभिभावक, विद्यार्थी र शिक्षकबिच मुस्कान सहितको संवादका लागि क्षमता अभिवृद्धिसँगै उद्घोषण तालिम दिएको हो ।
अक्षर इन्टरनेशनल स्कुल संचालक समितिका अध्यक्ष अमरनाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा अक्षर इन्टरनेशनलसँग आवद्ध कालिका नगरमा रहेको र पारि बुटवल रहेका दुई विद्यालयका डेढ दर्जन महिला शिक्षक कर्मचारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा मोटिभेशनल स्पीकर तथा पत्रकार झविन्द्र देवकोटाले सहजिकरण गर्नु भएको कार्यक्रममा बोल्ने कला, स्टेज उद्घोषण, संस्थागत संरचना, संस्थागत पदाधिकारीको काम कर्तब्य र भुमिकालगायतका विषयमा सहजिकरण गरेका थिए । अक्षर स्कुल कालिकानगरका प्रधानाध्यापक सोनम पाठकले स्वागत गर्नु भएको तालिम कार्यक्रममा विद्यालयका शिक्षक सुनिता घिमिरे, तारा खरेल, प्रतिमा राना, सिता रायमाझी, मिरा पन्थी लगायतले तालिम उपयोगि र फाईदाजनक भएको उल्लेख गर्दै आगामी दिनमा पनि तालिमको अवसर दिन विद्यालयसँग अनुरोध गरे । विगतमा गुरुकुल एकेडेमिका नामले संचालमा रहेको स्कुल अहिले अक्षर इन्टरनेशनका नाममा पुरानै संस्थापन समुहले विद्यालय संचालनको जिम्मा लिएको छ । गुरुकुल एकेडेमीनै अक्षर स्कुलका रुपमा संचालनमा आएको संस्थापक अध्यक्ष अमरनाथ पाठकले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार