रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

तयार भयो बुटवल कालिका क्याम्पसको ६० कोठे भवन

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरस्थित बुटवल कालिका क्याम्पसको सुविधासम्पन्न भवनको उद्घाटन गरिएको छ । झण्डै १५ करोड रुपैयां लागतमा निर्माण गरिएको पांच तलाको ६० कोठे उक्त भवनको पुर्व अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले उद्घाटन गरे । क्याम्पसको नवौं वार्षिकउत्सव एवं अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले स्थापनाको ९ वर्षको छोटो अवधीमै बुटवल कालिका क्याम्पसले मुलुकमै उत्कृष्टता हासिल गरेको उल्लेख गर्दै यो सिंगो रुपन्देहीकै गौरबको विषय भएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पुर्व मन्त्री एवं प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले कालिका क्याम्पसले प्राप्त गरेको सफलता सिंगो बुटवलको सफलतासंग जोडिएको उल्लेख गर्दै क्याम्पसको अहिलेको उचाईलाई कहिल्यै कमि हुन नदिन आग्रह गरे । कार्यक्रममा क्याम्पस प्रमुख घनश्याम पाठकले २०७० सालमा प्लस टु उत्तिर्ण विद्यार्थीहरुको आग्रहपछि संचालन गरिएको क्याम्पसमा हाल करिब ३ हजार विद्यार्थी अध्ययनरत रहेको बताए । २०७० सालमा ३५ जना विद्यार्थीबाट बिबिएस कक्षा संचालन गरिएको क्याम्पसमा हाल बिबिएसमा २ हजार ४ सय ८७, बिसिएमा १ सय ६६ र बिएडमा ३ सय २ जना विद्यार्थी अध्ययनरत छन् ।
क्याम्पस प्रमुख पाठकले रामनगरस्थित कालिका मावनज्ञान माविको १० कठ्ठा जग्गामा रहेको क्याम्पसमा कम्प्युटर ल्याब, चमेना गृह, प्रदेश स्तरिय पुस्तकालय लगायतका संरचना तयार गरिएको जानकारी दिए । सामुदायिक तर्फ सबैभन्दा कान्छो रहेको क्याम्पसले बिसिएमा दुईपटक नेपाल प्रथम सहित शतप्रतिशत विद्यार्थी पास गराउन सफल भएको पाठकले बताए । क्याम्पसका कार्यवाहक अध्यक्ष अर्जुनमान सैंजुले क्याम्पसले अब छिटै बीएसस्सी सीएसआईटी, बीबीए र एमबीएस कक्षा संचालन गर्ने तयारी गरेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार