रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

९ बर्षमै सर्वोउत्कृष्ट बनेको बुटवल कालिका क्याम्पस

२०७० सालसम्म कक्षा १२ उत्तिर्ण गरेपछि बुटवलको कालिका मानवज्ञान माविका विद्यार्थीहरुलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय उच्च शिक्षा कहां पढ्ने भन्ने पिरलो हुन्थ्यो । कालिका देशकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय भएकाले त्यहांका विद्यार्थी उच्च शिक्षा पनि कालिाकामै भइदिए हुन्थ्यो भन्ने आशा राख्थे ।
विद्यार्थीको यही चाहनालाई मध्यनजर गरेर २०७० मा कालिका माविका शिक्षक र शिक्षाप्रेमीहरुकै अग्रसरतामा बुटवल कालिका क्याम्पस स्थापना भयो । शुरुमा बीएड,बीबीएस पढाई हुने क्याम्पसमा नयां नयां विषयको पनि माग हुन थाल्यो । फलस्वरुप २०७५ मा ब्याचलर अफ कम्प्युटर एप्लीकेसन (बीसीए) को पढाई शुरु भयो ।
विद्यालयको जस्तै चुस्त व्यवस्थापन, दक्ष शिक्षकबाट प्रयोगात्मक र विद्यार्थीकेन्द्रीत सिकाई पद्दतिले बीसीएतर्फ क्याम्पसले पहिलो ब्याचदेखि नै शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउंदै नेपाल प्रथम भयो । उत्कृष्ट नतिजा देखेपछि क्याम्पसमा बुटवलको मात्र होइन लुम्बिनी र छिमेकी प्रदेशका जिल्लाबाट समेत विद्यार्थीहरुको आकर्षण र चाप बढ्न थाल्यो ।


२०७७ सम्म विद्यालयकै कक्षा कोठा भाडामा लिएर चल्दै आएको क्याम्पसलाई आफ्नै जग्गामा पुर्वाधारको अभाव खड्कियो ।
जग्गा र पुर्वाधार कसरी बनाउने भन्ने पिरलोमा रहेको क्याम्पसका लागि रुपन्देही २ का सांसद एवं तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बुटवल रामनगरमा जग्गा प्राप्तिमा सहयोग गरे ।
‘जग्गा प्राप्तिमा यस क्षेत्रका माननीय पुर्वअर्थमन्त्री विष्णु पौडेलको ठूलो सपोर्ट भयो, उहांसंगै मन्त्रालयका सचिव टेकनारायण पाण्डेको सहयोग पनि अविस्मरणीय छ’–बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले भने–‘प्रदेश सरकारका तत्कालीन समाजिक विकास मन्त्री सुदर्शन बराल र शिक्षामन्त्री वसिउद्दिन खांको पनि सकारात्मक सहयोग प्राप्त भएको छ ।’
जग्गा प्राप्तिपछि भवन निर्माणका लागि पनि तत्कालीन अर्थमन्त्री पौडेलले ६ करोड रुपैयां वजेट राखिदिएपछि क्याम्पसले छोटो समयमै आफ्नो सुविधा सम्पन्न भवन बनाएको क्याम्पस प्रमुख पाठक बताउंछन् ।
‘जग्गा प्राप्तिमा पनि विष्णु पौडेलले ठूलो सपोर्ट गर्नुभयो, भवन बनाउन झन् ठूलो सहयोग गर्नुभयो’–पाठकले भने–‘उहांले ६ करोड बजेट दिएपछि हामीलाई धेरै सहज भयो ।’
मासिक १२ सय मात्र शुल्क भएकाले क्याम्पसले अब छिटै बीएसस्सी अन्तर्गत सीएसआईटी,बीबीए र एमबीएस पनि पढाउने तयारी गरेको छ ।
‘अब क्याम्पस क्यूएएमा जांदैछ,त्यसपछि निकट भविष्यमै बीएसस्सी सीएसआईटी,बीबीए र एमबीएसको पढाई पनि शुरु गछर्ने योजना छ’ –क्यामपस प्रमुख पाठकले भने–‘हामी कान्छो सामुदायिक क्याम्पस हौं,तर ९ वर्षमै २ पटक बीसीएमा शतप्रतिशत विद्यार्थी पास गराई नेपाल टप भएर गुणस्तरीय शिक्षामा कायापलट गर्न सफल भएका छौं ।’
क्याम्पसले प्रयोगात्मक सिकाईलाई फोकस गरेकाले यहांबाट उत्तिर्ण विद्यार्थीहरु अधिकांशले रोजगारी पाएका र कतिपय स्वरोजगार र उद्यमी बनेका क्याम्पस प्रमुख पाठकले बताए । रोजगहालसम्म ५० करोड बढी लगानी भइसकेको बुटवल कालिका क्याम्पसमा ५२ वटा कक्षा कोठा, ८ वटा प्रयोगशाला, एक हजार जना क्षमताको सभा हल, दुई वटा सेमिनार हल, गेष्ट हाउस र क्यान्टिन सहितका पुर्वाधारहरु बनेका क्याम्पस सञ्चालक समिति अध्यक्ष अर्जुनमान सैंजूले बताए ।
क्याम्पसको अर्को महत्वपूर्ण पाटो यहां बन्दै गरेको प्रदेशस्तरको लाइब्रेरी र रिसर्च सेन्टर हो । यो सञ्चालनमा आएपछि शोधकर्ताहरु काठमाडौं धाउनुपर्ने वाध्यताको अन्त्य भएको छ ।
३५ जना विद्यार्थीबाट शुरु भएकोमा अहिले क्याम्पसमा २८ सय भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । ‘बुटवल कालिका क्याम्पस छोटो समयमै जीवन उपयोगी र रोजगारमुलक उच्च शिक्षामा देशकै उत्कृष्ट शैक्षिक संस्था बनेको छ’–अध्यक्ष सैंजूले भने ।
क्याम्पसमा बीबीएस र बीसीएतर्फ ५० जना र बएिडतर्फ १३ जना गरी ६३ जना प्राध्यापक र १२ जना नन टिचिङ स्टाफ सहित ७५ जना कर्मचारी रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार