तिनाउमा खाना महोत्सव बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न पामिर एकेडेमीमा खेल महोत्सव सुरु क्याननमा ‘फुड कर्निभल’ एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट तिनाउ बोडिङ स्कुलमा खेल सप्ताह जारी                
समाचार :

स्टडी इन क्यानडा सेमिनार बुटवलमा सम्पन्न

बुटवल । क्यानेडिएन स्टडी सेन्टर र बिबिसी एजुकेशन प्रालि बुटवलको संयुक्त आयोजनामा शुक्रबार बुटवलमा स्टडी इन क्यानडा सेमिनार सम्पन्न भएको छ । क्यानडा अध्ययनका लागि जान इच्छुक विद्यार्थीका लागि सहजीकरण गर्न सेमिनार आयोजना गरिएको हो ।
क्यानेडियन स्टडी सेन्टर क्यानडा कार्यालयका सिइओ हरि अधिकारीले सेमिनारमा अध्ययनका लागि क्यानडा जान इच्छुक विद्यार्थीलाई अध्ययनका फाइदा, अवसर र डकुमेन्ट बारे प्रशिक्षण दिएका थिए । सेमिनारमा ३०० विद्यार्थी सहभागी थिए ।


सेमिनार मार्फत विद्यार्थी तथा अभिभावकहरुले क्यानडा अध्ययनका लागि आवश्यक सम्पूर्ण सूचना तथा जानकारी प्रत्यक्ष रूपमै विद्यार्थीलाई दिइएको बिबिसी एजुकेशन प्रालिका म्यानेजिङ डाइरेक्टर डिबी रायमाझी बताए । रायमाझी पछिल्ला वर्ष क्यानडा विद्यार्थीका प्रमुख रोजाइमा परेको बताए ।
त्यस्तै सिआइसी एजुकेशन हव काठमाडौंका म्यानेजिङ डाइरेक्टर दीपेश केसीले क्यानडाका शैक्षिक संस्थाको गुणस्तर, खर्च, भिसा पोलिसी, अंगे्रजी भाषाको दक्षता सम्बन्धी विद्यार्थीले राखेका जिज्ञासा सहज रूपमा सहजीकरण गरिएको बताए । कार्यक्रमको सञ्चालन बिबिसी एजुकेशनका काउन्सिलर टिना परियारले गरेकी थिइन । सेमिनारमा सहभागीका लागि निःशुल्क गरिएको थियो । बिबिसीले समय समयमा सेमिनार कार्यक्रम गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित