नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे मतदान

बुटवल । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ स्थित पश्चिमाञ्चल सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

बिहान साढे १० बजे पौडेलले आफैले आफैलाई मतदान गरेका हुन ।


रुपन्देही क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनको उम्मेदवार नहुँदा गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई सघाएको छ । यो मतदान केन्द्रमा ५ हजार ६०० मतदाता रहेका मतदान अधिकृत रामप्रसाद ज्ञवालीले जानकारी दिए । रुपन्देही २ मा पौडेल र थापाबीच मुख्य प्रतिष्पर्धा हुने बताइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित