सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ
समाचार :

दाङमा कस्ले कहाँबाट मतदान गरे ?

दाङ । दाङमा मतदान जारी छ ।

बिहान सात बजेदेखि मतदान भइ रहेको छ । मतदानमा उत्साह देखिएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्त तथा दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक गिरीले दंगीशरण गाउँपालिका वडा नं. ४ बैबाङस्थित राष्ट्रिय आधारभुत विद्यालयबाट मतदान गरेका छन् ।

उनले पहिलो मतदान गरेका हुन । त्यस्तै नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार कोमल वलीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ कृष्ण मन्दिरस्थित मतदान केन्दल्रमा मतदान गरेकी छन् । मावि तुल्सीपुर सेन्टर मतदान केन्द्रबाट दाङ निर्वाचन क्षेत्र नं. ३ (क) का गठबन्धनबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार डिल्लीबहादुर चौधरीले मतदान गरेका छन् । त्यस्तै एमालेका प्रदेश सभा सदस्य पदका उम्मेदवार घनश्यम पाण्डेले मावि अश्वारा मतदान केन्द्रबाट मतदान गरेका छन् ।

दाङ निर्वाचन क्षेत्र नं. २ की गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार तथा माओबादी नेतृ रेखा शर्माले घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित रझेना मतदान केन्द्रमा मतदान गरेकी छन् । त्यस्तै नेकपा एमाले महासचिव तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरीस्थित जनताबिद्यापिठ मतदान केन्द्रबाट मतदान गरेका छन् ।

गठबन्धनबाट दाङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मन्त्री मेटमणि चौधरीले गढवा गाउँपालिकाको जनता माध्यमिक विद्यालय गढवामा रहेको बुथ नम्बर (ग) मा मतदान गरेका छन् । त्यस्तै पूर्व सभामुख कृष्णबहादुर महराले रोल्पा नगरपालिका १ स्थित तारा माध्यामिक विद्यालयबाट पहिलो मतदान गरेका छन् ।

मतदान पछी संक्षिप्त प्रतिक्रिया दिदै उनले दशकौं देखिको आन्दोलनको उपलब्धि स्वरूप जनताले प्राप्त गरेको जनताको संबिधानको रक्षक र भक्षक बिचको लडाईका रुपमा निर्वाचनलाई अथ्र्याए ।

संबिधान मास्न खोज्ने र देशलाई अस्थिरता तर्फ डोर्याउने प्रतिगामी शक्तिलाई जनताले चिनिसकेकाले प्रतिगामीलाई निर्वाचनबाट जनताले परास्त पार्ने र अग्रगामी शक्ति बाम(लोकतान्त्रिक गठबन्धनले निर्वाचनमा विजयी हासिल गर्ने उनले दाबी गरे । त्यस्तै माओबादी नेता तथा मन्त्री महेश्वर गहतराज (अथक) ले बाँके क्षेत्र नं. १ (२) अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदान केन्द्रबाट पहिलो मतदान गरेका छन् । उनी बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन । त्यस्तै रुकुम पश्चिमको यमुना नन्द नमुना माध्यामिक बिधालय मुसिकोट नगरपालिका वडा नं. ५ सेरीगाउँस्थित मतदान केन्द्रबाट जनर्दन शर्माले मतदान गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित