बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

गोकर्ण विष्टको पहलमा विद्यार्थीलाई गन्न, पढ्न, लेख्न र सपना देख्न सिकाउँदै गुल्मी–२ मा यु.डब्लु.एस

बुटवल । गुल्मीको ईस्मा गाउँपालिका वडा नंं ६ राङदलचौरमा रहेको बुल्म आधारभुत विद्यालयमा कुनै बेला विद्यालयको भवन जसो तसो भएपनि विद्यार्थीहरु थिएनन् ।

कुमाल समुदायको बाक्लो बस्ती रहेको राङदल, बुल्ममा त्यहाँका बालबालिका स्कुल जानु भन्दा पनि खोलामा जाने खेल्ने, बुवा बाजेहरुले गरेको पुर्खौली पेशा माटाका भाडा बनाउने कार्यमा सहयोगी बन्थे ।

विद्यालयको भवन थियो । बस्ने डेक्स बेन्च थिए । तर विद्यालयमा विद्यार्थीनै नगन्य हुन्थे ।

‘०७३ साल तिर त विद्यालयमा शुन्य विद्यार्थी जस्तै भए । विद्यार्थीलाई कसरी टिकाउने भन्ने चिन्ता हुँदा ०७४ सालमा यु.डव्लु.एस नामक गैर संस्थाले शैक्षिक कार्यक्रम ल्याएपछि विद्यालयले पुर्नजिवन पाए जस्तै भयो ।’ ईस्मा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष ढाल बहादुर कुँवरले भने ।

त्यसपछि संस्थाले विद्यालयको नयाँ भवन बनाईदियो । नयाँ भवन बनाईदिए संगै विद्यालयमा शिक्षक सिकाईको पद्दति फेरियो । बालमैत्री सिकाई विद्यालयमा सुरु भयो । विद्यालयकी प्राचार्य माया महत कुँवर पहिलेको तुलनामा विद्यालयमा धेरै शैक्षिक सुधार हुनुका साथै शिक्षाको गुणस्तरमा बृद्धि भएको बताईन ।

‘यु.डव्लु.एस आएपछि विद्यार्थीहरु विद्यालयमा टिक्ने क्रम बढेको छ । विद्यालयमा विद्यार्थीहरुलाई आउन आर्कषण पनि गरेको छ ।’ उनले भनिन् ।

अहिले बुल्म आधारभुत विद्यालयमा यु.डव्लु.एसले १ जना शिक्षक पनि राखिदिएको छ । विद्यालयमा कुल १२० विद्यार्थी छन् । ३५० घरधुरी कुमाल समुदाय त्यहाँ रहेका छन् ।

यु.डव्लु.एस जैसथोक आधारभुत विद्यालयका प्राचार्य हरि प्रसाद घिमिरेले पनि यो संस्थाले विद्यालयमा सहयोग गरेपछि विद्यार्थीहरुको आर्कषण बढेको बताउँछन् ।

अहिले विद्यार्थीहरुलाई बालमैत्री सिकाईमा पठन पाठन गराउन सहज भएको उनको भनाई छ । ‘विद्यार्थीहरुले यहाँ अध्यायन गर्दा शव्द, चित्र संगै व्यवहारिक ज्ञान हासिल नौलो तरिकाले गर्ने गरेका छन् । त्यहि कारणले पनि बच्चाहरु घरबस्न भन्दा विद्यालयमा आउन खुसी भएका छन् ।’ प्राचार्य घिमिरेले भने ।

बुल्म आधारभुत विद्यालय र जैसथोक आधारभुति विदालय त एक प्रतिनिधी उदाहरण मात्र हुन । गोकर्ण विष्टको पहलमा गुल्मी क्षेत्र नं. २ का ६ वटा गाउँपालिकामा यु.डव्लु.एस नामक गैर संस्थाले १३ वटा सात देखि ११ कोठे विद्यालय बनाएको छ । विद्यार्थीहरुलाई बालमैत्री सिकाई संगै गन्न, पढ्न, लेख्न र सपना देख्न सिकाउने उद्देश्य सहित संस्थाले गुल्मी क्षेत्र नं. २ मा शैक्षिक विकासमा महत्वपुर्ण टेवा पुराउँदै आएको छ ।

०७४ साल देखि जिल्लाको रेसुंगा नगरपालिका, मुसिकोट नगरपालिका, धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका, मालिका र इस्मा गाउँपालिकामा यु.डब्लु.एस नेपालले काम गरेको हो ।

संस्थाले रेसुंगा नगरपालिका वडा नं ६ मा साउनेथुम आधारभुत बिद्यालय, मुसिकोट ४ को वडा गाउँमा पशुपति निमावि, वडा नं ८ वामी मैदानको मालारानी प्राविको भवन निर्माण गरिएको छ । त्यस्तै मदाने गाउँपालिका वडा नं २ मा पञ्चमी पोखरी प्रावि, वडा नं ३ मा खन्युखर्क आधारभुत बिद्यालय र धुर्कोट गाउँपालिका वडा नं ४ मा देविस्थान प्रावि निर्माण गरिएको छ ।

त्यस्तै इस्मा गाउँपालिमा ६ मा बुल्म प्रावि र वडा नं २ मा पालुखा मावि, मालिका गाउँपालिका ५ मा सिद्ध प्रावि, वडा नं ४ मा ठुलीचौर आधारभुत बिद्यालय, वडा नं ८ मा सिद्धेश्वरी प्रावि, वडा नं ७ का बरारुख आधारभुत बिद्यालय निर्माण गरिएको यु.डब्लु.एस नेपालका इन्जिनीयर मन्जिरराज पाण्डेयले जानकारी दिए ।

यसैगरी धुर्कोट गाउँपालिका ५ स्थित हिमालय माविमा पनि बिद्यालय निर्माण भएको छ ।

प्रत्येक ठाउँमा सातदेखि ११ कोठासम्मको बिद्यालय भौगोलिक अवस्थाको आधारमा ३५ लाखको लागतका ३५ दिनमा निर्माण गर्ने गरिएको इन्जिनियर पाण्डेयले बताए ।

उनका अनुसार आफ्नै कालिगडद्धारा बिद्यालय संरचनासंगै शौचालय र खेलकुदका सामग्रीहरु निर्माण संस्थाले गर्छ । भौतिक संरचनाको लागि संस्थाको ७० प्रतिशत र स्थानीय सरकारको ३० प्रतिशत तथा जनशक्तिमा दुवैको ५०÷५० प्रतिशत लागत साझेदारीमा काम भइरहेको छ । संस्थाले पाँच बर्षपछि बिद्यालय स्थानीय तहलाई हस्तान्तरण गर्ने छ ।

भौगोलिक रुपले विकट गरिव तथा दलित एवं बिपन्न बस्तीहरुमा अनुगमनपछि संस्थाले विद्यालयमा सहयोग गर्ने गरेको छ । संस्थाले वातारणीय पक्ष, शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिती, कक्षाकोठाको व्यावस्थापन र क्रियाकलापसंगै पढाईको गुणस्तर हेरेर बिद्यालयको बर्गिकरण गरिएको यु.डब्लु.एस नेपालका शिक्षा अधिकृत अनुज सिग्देलले जानकारी दिए ।

सिग्देलका अनुसार बालसुरक्षा आचारसंहिता, समावेशी नीति शिक्षा, शिक्षक अभाव भए नियुक्ति गरेर साप्ताहिक तालिम, कक्षा अनुगमन, बालमैत्री वातावरण, प्रत्येक महिना शिक्षक तथा बिद्यार्थीलाई शैक्षिक प्रदान गरेर पठनपाठन संचालन गरिएको छ । जिल्लामा २४ जना शिक्षकले रोजगारी पाएका छन् ।

उत्कृष्ट शैक्षिक क्रियाकलाप

यो संस्थाले तयार गरेका विद्यालय भवनमा गरिने शैक्षिक क्रियाकलाप उत्कृष्ट छ ।

विद्यार्थीहरुले शव्द र चित्र संग खेल्दै सिक्दै शैक्षिक क्रियाकलाप गर्ने गर्दछन् । विद्यार्थीहरुलाई अंकमा प्राथमिकतामा भन्दा पनि व्यवहारिक ज्ञान, सीप र नैतिक शिक्षालाई प्राथमिकता दिने यु.डब्लु.एस नेपालका शिक्षा अधिकृत अनुज सिग्देलले जानकारी दिए ।

‘शिक्षक र बिद्यार्थीबिच समान व्यावहार हुन्छ । सवै तहका बिद्यार्थी एकै ठाउँ हुन्छन् । तर, स्तर अनुसारको शिक्षण प्रक्रिया र व्यावहार फरक हुन्छ । शिक्षकले गल्ती गरे बिद्यार्थीसंग माफी माग्छन् ।

शिक्षकको व्यावहारबारे बिद्यार्थीले दैनिक रिर्पोट गर्छन् ।’ उनले भने–‘यसरी नै हामीले मार्कसिटको अंकलाई मात्र भन्दा व्यावहारिक ज्ञान, सीप, खेती नैतिक शिक्षालाई प्राथमिकता दिन्छौ ।’
उनले सरकारी विद्यालयको सहयोगि बनेर नविनम शैक्षिक क्रियाकलाप गरिरहेको बताउँदै आफुहरु सरकारी बिद्यालय सुधारको अभियानमा रहेको बताए ।

मुसिकोट नगरपालिका ४ को पशुपति निमाविका शिक्षक कृष्ण भट्राईले यु.डब्लु.एसले दिने सिकाई वातावरण, शैक्षिक सामग्री, प्रशिक्षण र शिक्षक, बिद्यार्थी, अभिभावक र समुदायको समन्वयनै शैक्षिक उपलब्धीको महत्वपूर्ण पाटो भएको बताए ।

उनले अरु सरकारी, तथा गैरसरकारी बिद्यालयमा पनि आफुले पढाएको बताउँदै त्यहाँ पाठ्यपुस्तक केन्द्रित सोँच, कुटपीट र भय, बिद्यार्थी र शिक्षकलाई आवश्यक शैक्षिक सामग्री र प्रशिक्षण नहुने बताए ।

 

यसरी सम्भव भयो विष्टको पहल

 

गुल्मी क्षेत्र नं. २ का प्राय गाउँमा देखिने राता छाना भएका विद्यालय भवन यु.डव्लु.एसले बनाएका हुन । एमाले सचिव गोकर्ण विष्टको पहलमा ०७४ सालमा यो संस्थाले शैक्षिक कार्यक्रम गुल्मीका ६ वटा पालिकामा गरेको हो । यसले गुल्मीको शैक्षिक विकासमा ठुलो टेवा पुराएको छ । ‘म पार्टीको कार्यक्रममा संखुवासभा जाँदा यो कार्यक्रम त्यहाँ देखेपछि आश्चर्यमा परे । त्यसपछि यो कार्यक्रम हाम्रो क्षेत्रमा पनि सहयोग गरिदिनु प¥र्यो भनेपछि यो कार्यक्रम यहाँ आएको हो’ नेता विष्टले भने ।

 

उनले यु.डव्लु.एसले शैक्षिक कार्यक्रम सुरु गरेपछि विद्यार्थीहरुको शैक्षिक गुणस्तर बढ्नुका साथै अध्यायन अध्यापन पनि विद्यालयहरुमा उत्कृष्ट भएको बताए । विद्यालयमा अंग्रेजी माध्यमबाट पनि पढाई हुने भएकाले विद्यार्थीहरुको आर्कषण बढेको उनको भनाई छ । गुल्मी क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार समेत रहेका विष्टले विद्यार्थीहरुमा शव्द र चित्र सहित व्यवहारिक शिक्षाका लागि उत्प्रेरित गररहेको बताए ।

 

‘यो संस्थाले काम गर्ने उद्देश्य संग मिल्दो भएपछि हामीले गुल्मी–२ मा यो कार्यक्रम ल्याएका हौ । जहाँ जहाँ यो कार्यक्रम भएको छ । त्यो कतिपय भौगोलिक रुपले विकट छ । कुनै गरिव तथा दलित एवं बिपन्न बस्ती रहेको ठाउँ छ’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार