रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

लुम्बिनी प्रदेशमा समाजवादीलाई शुन्य हुने डर, संघमा काँग्रेसको भर

बुटवल । नेकपा एमालेबाट विभाजन भनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टी लुम्बिनी प्रदेशमा शुन्य हुने सम्भावना देखिएको छ ।

सत्तारुढ दलसँग चुनावी गठबन्धन गरे पनि मंसिर–४ को निर्वाचनले प्रदेशमा प्रत्येक्ष तथा समानुपातिक दुबै तर्फ शुन्य हुने उच्च जोखिम देखिएको हो ।

प्रत्यक्षतर्फ गठबन्धनबाट टिकट नपाउनु तथा एक्लै प्रतिस्पर्धा गरेका स्थानहरुमा समेत चुनाव जित्ने बलियो आधार नभएको समाजवादी पार्टीले गत बैशाखामा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मत आधारलाई हेर्दा समानुपातिकमा समेत शुन्य हुने देखिएको हो । प्रत्यक्षतर्फ प्रदेशका ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये सत्ता गठबन्धनले समाजवादीलाई एउटा सिट पनि दिएन ।

कांग्रेसले ३३, माओवादी केन्द्रले १७, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले एक–एक क्षेत्र भागबण्डा गरे । गठबन्धनबाटै भाग नपाएको एकीकृत समाजवादीले पिलवस्तु, बांके, लगायतका जिल्लामा एक्लै उम्मेदवारी दिए पनि जित निकल्न नसक्ने आँकलन गरिएको छ । स्थानीय तहको चुनावमा उक्त पार्टीले पाएको मतका आधारमा उसले एक्लै उम्मेदवारी दिएका क्षेत्रमा जित्ने सम्भावना नदेखिएको हो ।

स्थानीय तह चुनावमा एउटा पनि पालिकामा प्रमुख र उपप्रमुख पद जित्न नसकेको एकीकृत समाजवादीका वडाअध्यक्ष उम्मेदवारहरुले प्रदेशभर ३२ हजार ७ सय ७० मत पाएका थिए । ३५ सिट समानुपातिक रहेको यो प्रदेशमा समानुपातिकमा निर्वाचित हुन सम्बन्धित दलले प्रदेशमा कुल खसेको सदर मतको कम्तीमा १ दशमलव ५ प्रतिशत मत पाउनुपर्छ ।

मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा लुम्बिनी प्रदेशका १२ जिल्लामा ३२ लाख ४९ हजार ६३७ मतदाता छन् । स्थानीय तह चुनावमा करिब ७० प्रतिशत मत खसेको आधारमा अहिले करिब २२ लाख मत खस्ने अनुमान रहेको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायण भण्डारी बताउँछन् ।

लुम्बिनीमा कुल मतदाताको ७० प्रतिशत अर्थात २२ लाख मत खसेको अवस्थामा यसको १ दशमलव ५ प्रतिशत ल्याउन ३३ हजार मत पाउनुपर्छ । त्योभन्दा बढी मत खसेको अवस्थामा झन् धेरै मत पाउनुपर्ने हुन्छ । स्थानीय तहको निर्वाचनपछि एकीकृत समाजवादीबाट पार्टी परित्याग बढी नै देखिएकाले त्यसको असर मंसिर ४ को निर्वाचन देखिने छ ।

बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादील दाङमा ७२८०, कपिलवस्तुमा ६२२६, रुपन्देहीमा ५१३४, बांकेमा ३७९२, अर्घाखांचीमा ३७६७, नवलपरासीमा २०२६, गुल्मीमा ११३८, प्युठानमा १४१०, रोल्पामा ९५०, बर्दियामा ६०७ , पाल्पामा ४३३ र रुकुम पश्चिममा शुन्य मत पाएको निर्वाचन आयोगको तथ्यांक छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलका अनुसार स्थानीय तह चुनाव यता प्रदेशभरबाट नेकपा एसबाट तीन हजार बढी नेता कार्यकर्ता एमालेमा फर्किएका छन् । यसका साथै एमाले बाहेक अन्य नयाँ दलहरुमा पनि अकार्षण देखिएका कारण त्यसको असर एकीकृत समाजवादीलाई पनि पर्ने जानकारहरु बताउँछन् ।

स्थानीय तहको निर्वाचनपछि एकीकृत समाजवादी परित्याग गरी एमालेमा फर्किएका डा. बालकृष्ण चापागाईका अनुसार एकीकृत समाजवादीले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसक्दा एमालेमै फर्किले नेता कार्यकर्ताको संख्या ठूलै रहेको दाबी गर्छन् । समाजवादीमा रहँदा चपागाईं सो पार्टीको केन्द्रीय सदस्य थिए । उक्त पार्टीमा बसेर रुपन्देहीको जिल्ला ईन्चार्ज समेत भएर काम गरेका व्यक्ति एमालेमा आउनुले पनि समाजवादी पार्टीको जनमत खस्किदो रहेको पुष्टि गर्छ ।

उनी मात्र नभई कर्मचारी संगठनका पूर्व नेता यज्ञमुर्ति भण्डारी, बुटवल–१२ का नेकपा एसका पार्टी वडा अध्यक्ष घनलाल बस्याल, बुटवल–२ का हिकबहादुर दर्लामी, एकीकृत यातायात मजदुर संगठनका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष जुद्धबहादुर केसी, एकीकृत समाजवादी निकट महिला संगठनकी लक्ष्मी के सी, युवा संघ जिल्ला कमिटी सदस्य भवानी के सी, वडा नं २ शाखा कमिटी अध्यक्ष जगत केसी, सचिव कविन्द्र केसी, सुस्मिता परियार, बुटवल–११ की राधा अधिकारी, सुनिल न्यौपाने, जिल्ला कमिटी सदस्य गीता खनाल, बसन्ता खनाल, दुर्गा गैरे, नवराज आचार्य, विद्यार्थी नेता केशवबहादुर घिमिरे लगायतका नेता कार्यकर्ताहरु एमालेमै फर्किएपछि समाजवादी पार्टीको जनाधार थप कमजोर बनेको छ ।

यसैगरी गुल्मीमा जिल्ला अध्यक्ष नरेश भण्डारी, इन्चार्ज गणेश खनाल, जिल्ला उपाध्यक्ष झवि पाण्डे, जिल्ला सचिवालय सदस्य गुन्ज नेपाली, प्रदेश कमिटी सदस्य हिमाल थापा, जिल्ला कमिटी सदस्य मदन विष्ट, मुसिकोट नगर कमिटी अध्यक्ष मदनदीप घिमिरे, युवा संघ जिल्ला अध्यक्ष रामुजंग कंडेल लगायतका व्यक्तिहरु एमालेमा फर्किएका छन् ।

रोल्पा जिल्ला उपसचिव तथा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य किरण वुढामगर, जिल्ला कमिटी सदस्य प्रताप वुढामगर, जिल्ला कमिटी सचिवालय सदस्य तथा रोल्पा नगरपालिका अध्यक्ष मनवीर खड्का, जिल्ला कमिटी सदस्य प्रशान्त वुढामगर, जिल्ला कमिटी सदस्य टिकावहादुर खड्का, जिल्ला कमिटी सदस्य पारस वली, जिल्ला कमिटी सदस्य दिपेश वुढामगर, प्रदेश कमिटी सदस्य मनबहादुर घर्ती,जिल्ला कमिटीका पृथबहादुर पुन, धनकुमारी घर्ती, कर्णबहादुर बुढा,सविना विक, गंगा प्रसाद रोका, गाउं कमिटीका अरुणा थापा, बालकादेवी राना,हरिप्रसाद खत्री,कुमार घर्ती, अमृत रोका, तिलबहादुर पुन, जयकुमार घर्ती लगायत ,कपिलवस्तुमा प्रदेश सदस्य डा. जहिरुल हसन खान, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष विकास बन्जाडे लगायत छन् भने पाल्पामा प्रदेश सदस्य नरेश गौतम, जिल्ला सचिवालय सदस्य मोहन विक रहेका छन् । बांकेमा युवा संघ जिल्ला अध्यक्ष सुनिल रसाइली, पार्टी जिल्ला सदस्य देवबहादुर लगायतले एमालेमै फर्किएका छन् ।

दाङमा घोराही नगर सचिव गिरु विश्वकर्मा, पार्टी निकट शिक्षक संगठन दाङका अध्यक्ष लोकबहादुर बस्नेत, प्युठानका हिरा बहादुर केसी (संविधानस भा सदस्य एवं केन्द्रीय अनुशासन आयोग सदस्य), हलिम मिया जिल्ला उपाध्यक्ष, दिपेन्द्र केसी जिल्ला सचिव, शोभाराम भण्डारी जिल्ला नेता,सलिम अन्सारी लगायत छन् ।

एकीकृत समाजवादीका प्रदेश इन्चार्ज भागवत विश्वासीले पार्टी छाडेर जाने मात्र नभई दाङ, गुल्मी, पाल्पा लगायतका जिल्लाहरुमा एमाले छाडेर आफ्नो पार्टीमा आउने नेता कार्यकर्ताको संख्या पनि ठूलै रहेको दावी गर्छन् । ‘एकाध जिल्लाबाट केही साथीहरु एमालेबाट नेकपा एसमा गएको सत्य हो, तर जाने भन्दा आउने संख्या चार पांच गुणा धेरै छ’–घिमिरेले भने ।

कांग्रेस र माओवादी केन्द्रले प्रदेशसभाको प्रत्यक्षमा एक सिट पनि नदिएपछि नेकपा एसभित्र गठबन्धनप्रति चर्को असन्तुष्टी भएपनि प्रतिनिधि सभातर्फ दाङ १, गुल्मी २ र पाल्पा २ मा पार्टीका उम्मेदवारलाई मत घट्ला भन्ने डरले नेताहरु असन्तुष्टीबारे खुलेर बोल्न चाहेका छैनन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार