विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर तम्घास–सिमलटारी सडकमा पक्की पुल : दशकौँको प्रतीक्षा अन्त्य, गुल्मीको विकास यात्रामा नयाँ मोड गोकर्णको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’                
समाचार :

रुपन्देही ३ का प्रख्यात बन्जाडे भन्छन् : मेरो लोकप्रियता देखेर सत्ता गठबन्धनबाट दबाब आयो

बुटवल  । रुपन्देही क्षेत्र नंं ३ मा लौरो चुनाव चिन्ह लिएर सांसद उम्मेदवार रहेका प्रख्यात बन्जाडेले क्षेत्रका मतदाताले आफूप्रति देखाएको सद्भाव र मायाले निकै उत्साहित भएको बताएका छन् ।
पत्रकारहरुसंग कुरा गर्दै बन्जाडेले क्षेत्रका ३६ वटा वडामा घरदैलो र कोणसभा गर्न पुग्दा मतदाताले आफूलाई मत दिएर जिताउने आश्वासन दिएको हुंदा उत्साहित बनेको बताए ।
आफूले भ्रष्टाचार नियन्त्रण गर्न कडा कानून बनाई सुशासन कायम गर्ने,रोजगारमूलक शिक्षा,गुणस्तरीय स्वास्थ्य, कृषि, उद्यम र रोजगारीका विषयलाई प्राथमिकता दिएर प्रतिवद्धता सार्वजनिक गरेकाले मतदाताले रुचाएको बन्जाडेको भनाई छ ।
आफ्नो लोकप्रियता बढ्दै गएको देखेर सत्ता गठबन्धनका दलका कार्यकर्ताबाट कहिले उम्मेदवारी फिर्ता लिन दबाब दिने त कहिले लौरो अभियानले सत्ता गठबन्धनलाई समर्थन ग¥यो भनेर झुठो प्रचार गर्दै भ्रम छर्ने काम भएको बताए ।
क्षेत्र नंं ३ मा लौरो चिन्हको उम्मेदवार आफ्नो एमाले राप्रपा जसपा गठबन्धनका दीपक बोहरा र सत्ता गठबन्धनका बालकृष्ण खांणसंग त्रिपक्षीय प्रतिस्पर्धा रहेको बन्जाडेले दावी गरे ।
प्रहरी प्रशासनबाट सत्ताको दुरुपयोग गर्दै सत्ता इतरका दलका नेता कार्यकर्तामाथि अनावश्यक धरपडक र निगरानी बढाएको बन्जाडेको आरोप छ ।
सत्ता पक्षका उम्मेदवारहरु प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म सबै मन्त्रीले राजीनामा दिएर उम्मेदवार बन्नुपर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेपनि नेपालमा सत्ता र शक्तिको दुरुपयोग गरी मतदाता प्रभावित गर्न राजीनामा नदिइकनै उम्मेदवार हुने परिपाटी रहेकाले आफू निर्वाचित भएपछि यस्तो गर्न नपाउने कानून बनाउने बताए ।
कतिपय ग्रामीण क्षेत्रमा मतदाताले भोट माग्न जांदा कति रकम दिनुहुन्छ भनेर मोलमोलाई गर्ने गरेको पाइएकाले अरु दलका उम्मेदवारले पैसा बांड्ने गरेको हुनसक्ने उनले औंल्याए ।
नेपाली कांग्रेस पृष्ठभूमिको भएको र भैरहवा आसपासका थुप्रै संघसंस्थामा राम्रोसंग घुलमिल भएका कानुनका ज्ञाता समेत रहेका अधिवक्ता बन्जाडेको उम्मेदवारी खासगरी सत्ता गठबन्धनका लागि टाउको दुखाईको विषय बनेको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित