कालिकानगरमा वलीले सञ्चालनमा ल्याए एसआर स्पोर्टर्स ट्रेडस बुटवलमा अंग्रेज हराएको खुशीयालीमा मनाइयो विजय उत्सव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा, सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागमा पानी पर्ने बुटवलमा सैनिक फिल्ड अस्पतालको समुद्‍घाटन आज जितगढी उत्सव, अंग्रेजलाई जितेको दिन लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा ७ जनाको प्रतिष्पर्धा समृद्धि सेलोनको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर                
समाचार :

गुल्मी–२ः मतदातामा घटेको छैन गोकर्ण ‘केज’

बुटवल । गुल्मी क्षेत्र नं. २ अहिले नेपाली राजनितीमा चर्चामा छन् । ४ मंसिरमा हुने निर्वाचनमा यो क्षेत्रबाट एमाले सचिव गोकर्ण विष्ट र एकिकृत समाजबादीकी सचिव रामकुमारी झाक्रि चुनावी मैदानमा छन् ।

एमालेबाट चोईटिएर एकिकृत समाजबादीमा पुगेकी झाक्रि र विष्टबीच यस पटक चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
हामी गुल्मीका विभिन्न ठाउँमा पुगेर मतदाता सामु गरेको कुराकानीका आधारमा हेर्दा गोकर्ण विष्ट प्रति मतदाताको उस्तै क्रेज पायौ । झाक्रि प्रति मतदाताका आशा त्यति देखिएन ।

हामीले कुराकानी गरेका कतिपय मतदाताले क्यामरामा ‘फेस देखाउन र नाम लुकाउन’ आग्रह गरे । हामीले सोही क्षेत्रका करिव ८० बढि मतदाता लाई भेट्दा ६० प्रतिशत माहोल गोकर्णको देखियो भने ४० प्रतिशत माहोल रामकुमारी झाक्रिको ।
पूर्व सहकर्मी विष्ट र झाँक्रीबीचको प्रतिष्पर्धा रोचक हुने निश्चित जस्तै छ । सोही क्षेत्रबाट विष्टले तीन पटक निर्वाचित भएका विष्ट प्रति मतदाताले अझै विकासको आशा गरेका छन् ।

‘हिजको दिनमा यहाँ के थियो ? सडक धुलाम्मे र हिलाम्मे थियो । बत्ती थिएन । खानेपानीका लागि कहिले खोलामा पुगियो, कहिले कुमालपधेरा पुगियो । तर अहिले सडक कालोपत्रे भएको छ । घरघरमा धारा आएको छ । हेर्नुस त अहिले घरघरमा वाईफाई समेत आउने भयो । यसलाई विकास भएन भनेर भन्ने ?’ गुल्मी मालिका गाउँपालिका वडा नं. ६ फुलबारीकी तारा महतले भनिन् ।

उनका अनुसार अहिले चुनावमा झाँक्रिको नाम र चर्चा सुनिएपनि विष्टप्रति अझै विकासको आशा जनताले गरेका छन् । ‘झाँक्रि सांसद रहेछिन भन्ने कुरा पार्टी फुटाएपछि यहाँका जनतालाई थाहाँ भयो । मन्त्रि बनिन् । खै के गरिन ? उनले नयाँ योजना ल्याए भन्ने केही छ ?’ उनले प्रश्न गरिन् ।

विष्टले गरेका विकास निर्माण, खानेपानी, सडक विस्तार, विद्यालय भवन, मठमन्दिर, सिचाईका लागि कुलोको योजना तथा फुसको छाना विस्थापित गरेर टिन लगाइदिएका कारण पनि विष्ट प्रति अझै जनता आशाबादी रहेको उनले बताईन ।

रेसुंगा नगरपालिका ३ की सुमित्रा परियारले सो क्षेत्रमा विष्टको चर्चा सुनिएको बताउँछिन् । राजनितिमा त्यति धेरै चासो नराख्ने सुमित्रा स्थानिय तहको निर्वाचिनमा घरघरमा पैसा बाढेको बताईन । ‘हामीलाई साँझ विहान काम गरेर पेट पाल्ने हो । कति नेता आए, के गरे ? हामीलाई खै के दिए ? त्यसैले मलाई वास्तै छैन्’ उनले भनिन् ।

हामीले उनलाई सोध्यौ–‘त्यसो भए मत राख्न नजाने ?’

जवाफमा सुमित्राले ‘आफ्नो मतदान गर्ने अधिकारलाई खेर नफाल्ने तर मत खेर जाने ठाउँमा भने नराख्ने’ भनी घुमाउँरो उत्तर दिईन ।
सोही ठाउँकी उषा परियार भने जिल्लामा झाँक्रिको चर्चा कम सुनिएको बताईन । ‘हामीले जति आशा र अपेक्षा गरेका छौ । त्यो अनुसार काम भएको छैन् । तर विकासप्रेमी नेतालाई नै भोट गर्ने हो’ उनले भनिन् ।

तम्घास बाघमारेका सुर्य बहादुर नेपालीले हामी संग कुराकानीको क्रममा विष्टको विकल्प अरु नभएको बताए । विष्टले विगतदेखि नै राम्रो काम गरेकोले अहिलेको निर्वाचनमा पनि माहोल र क्रेज मतदाताको उस्तै रहेको उनले बताए ।

नेपालीले भने, ‘विजुली, बाटोघाटो, पुल पुलेसादेखि तम्घास पश्चिमको विकासको विष्टको ठूलो देन छ । उहाँप्रति हाम्रो सहानुभूति छ ।’ उनले थपे, ‘धेरै ठूलो सपना जनतालाई चाहिँदैन आधारभूत आवश्यकता भए पुग्छ । त्यो आवश्यताको काम विष्टले गरेका छन ।’

मालिका गाउँपालिका वडा नंं ७ सिमलटारीका सञ्जय जिसीले कुराकानीका क्रममा आफुलाई त्यति धेरै वास्ता नभएको बताए । उनले विष्ट र झाँक्रि दुवैको चर्चा उस्तै सुनेको बताए ।

उनको नजरमा दुवै जना उम्मेदवार विकासप्रेमी, सरल र युवा भएकोले कस्लाई भोट दिने भन्नेमा उनी दोधारमा छन् । ‘गोकर्ण विष्टले पनि राम्रो काम गर्नुभएको छ । रामकुमारी पनि राम्रो गर्छु भनेर आउनुभएको छ । हेरौ के हुन्छ ।’ जिसी भन्छन ।

तम्घास भण्डारी टोलका चोमप्रसाद भण्डारीले प्रतिष्पर्धामा हिसाबले दुवै नेता बराबर देख्छन । ‘विकासमा गोकर्णको नाम जोडिए पनि झाँक्रीप्रति पनि धेरैको आशा छ । नेताहरु काठमाडौंमुखी भए जिल्ला गाउँमा फर्किएनन’ भण्डारीले भने ।

यहीँ क्षेत्रबाट पटक–पटक निर्वाचित भएर गएका गोकर्णलाई विकास गरेको जस जान्छ ।
भौगोलिक विकटासँगै टाढा–टाढासम्म छरिएका गाउँलाई सडक, सञ्चार, विद्युत तथा शिक्षा लगायतका विकास योजनाहरुले जोड्ने प्रयासमा रहेका विष्टले विगतमा गरेका महत्पूर्ण र लोभलाग्दो विकासका फेहरिस्त लामै छ । सरल र शालिन स्वभावका विष्टले विपक्षीको आलोचना नगरी आफूले विगतमा गरेका प्रयास र अबको रोडम्याप बारे जनतालाई बुझाउँदै घर–घरमा पुग्ने प्रयास गरेका छन ।
यहीँ क्षेत्र हुँदै मदन भण्डारी मध्यपहाडी लोकमार्ग बनेको छ । जसले गर्दा गुल्मीका ग्रामीण बस्तीको अनुहार बदलिएर शहरउन्मुख बनेका छन् ।
यो क्षेत्रका नागरिक राजमार्ग हुँदै व्यापार, उपचार र बुटवल काठमाडौं आउजाउँ गर्नसमेत अर्घाखाँची र प्युठान हुँदै जान थालेका छन । यो राजमार्ग शुरुमा चुरेको किनारै किनार निमार्ण गर्ने योजना बनेको थियो । आफ्नै पहलमा मदन भण्डारी राजमार्ग गुल्मी आएको दावी गर्छन ।

‘म यो क्षेत्रमा निर्वाचित हुँदा कही पनि मोटर बाटो थिएन । आज राष्ट्रिय राजमार्ग मदनभण्डारी राजमार्ग निर्माण गरेका छौं । सालझण्डी ढोरपाटन सडकमा २ अर्व बढी खर्च भैसकेको छ । रिडी–रुद्रवेनी, वामीटक्सारसहित ७ वटा सडक कालोपत्रेका लागि टेण्डर भएको छ । त्यसैगरी यस क्षेत्रमा मेरो कार्यकालमा ४२ सय किलोमिटर भन्दा बढी ट्रयाक खुलाउने काम भएको छ । अनकन्टार भिरहरुमा सडक निर्माण गरेर सेवा पुर्याउने काम त्यति सहज विषय थिएन । तर हाम्रो प्रयास र लगनशिलताले नै ती सडकहरु बनेका हुन अब यसलाई स्तरोन्नती गर्न बाँकी छ । प्रत्येक वडालाई कालोपत्रे सडकले जोड्ने मेरो लक्ष्य रहेको छ । सडक निर्माणसँगै ती क्षेत्रमा पर्ने विभिन्न ठाउँमा ५९ वडा सडक पुलका योजना समावेश गरेर अघि बढाएकोमा २८ वटा पुल सम्पन्न भैसकेका छन भने केही निमार्णको चरणमा, केही टेन्डर प्रक्रियाको चरण्मा छन । यी योजनाहरुलाई सम्पन्न गर्ने मरो प्रतिवद्धता छ ।’ उनले भने ।

त्यस्तै अर्की उम्मेदवार रामकुमारी झाँक्रीले एकीकृत योजनाबद्ध भौतिक पूर्वाधारको निर्माणको लागि आफूले जित निकाल्नुपर्ने बताईन ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार