अत्याधिक गर्मी बढेपछि सियारीका विद्यालयहरु १४ दिन बन्द भाइबुहारीको चालक बनाउँदा ज्यान गुमाएका सुवास ६ वर्षयता पूर्णबहादुरको सुरक्षामा थिए सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र क्लव डेनोभोको फर्निचर सम्बन्धी कार्य दर्ता विना भएको भन्दै अनुगमन टोलीले काम रोक्यो ‘गोरखामा करेन्ट चाउचाउमा किरैकिरा भेटियो, ट्रेडमार्क चोर्दै उपभोक्तामा भ्रम छरियो’ पाल्पाको दुर्घटनामा मृत्यु भएकाको शोकमा पाणिनिमा आज बिदा समाज परिवर्तन र रुपान्त्रणका लागि युवाहरु एक हुनुपर्छ – ढकाल करेन्ट चाउचाउले वाइवाइकाे ट्रेडमार्क चोर्‍यो, यशोदा फुड्समाथि मुद्दा बाँके कार दुर्घटनाः रक्षामन्त्री खड्काले हवलदार अधिकारीलाई पारिबारिक भ्रमणमा चालक बनाएर पठाएका थिए सामूहिक विकास साकोस द्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम                
समाचार :

विष्णु पौडेल र बालकृष्ण खांणको एउटै श्वर : राजधानी जबरजस्ती सार्न खोजे बाटैबाट खोसेर ल्याउछौ

लुम्बिनी प्रदेशको स्थायी राजधानी प्रदेश सभाको वहुमतले बुटवल फिर्ता ल्याउन सकिने भनी एमाले उपाध्यक्ष विष्णु पौडेलले दिएको अभिव्यक्तिलाई समर्थन र बल पुग्ने गरी गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीको बुटवलमै कायम रहने बताएका छन् ।

उनले स्थायी राजधानी तोकिएको क्षेत्र दाडङमा कुनै पुर्वाधार नभएको भन्दै बुटवल नै कायम गरिने बताए । बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री खाणले राजधानी तोक्ने अधिकार प्रदेश सभाको भएकाले त्यसलाई परिक्षण गर्ने र सच्चाउने काम पनि प्रदेशबाटै गर्न आग्रह गरे । ‘कुनै पूर्वाधार नभएको स्थानमा राजधानी लैजादा त्यहाको पूर्वाधार निर्माण, पानी, सिचाइ, सडक, भवन बनाउदा नेपाल सरकारको खरबौं रकम खर्च हुन्छ यतिधेरै सरकारको रकम खर्च गर्न सकिदैन । प्रदेशले त्यसलाई परिक्षण गरोस् । निर्णय सच्चाओस् ।’

गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बुटवलमा अस्थायी राजधानी स्थापना गरेको स्मरण गरे । उनले भौतिक पूर्वाधार विकास, केन्द्र र हवाइ संजालको सुगमताका कारण राजधानी बुटवलमा राख्नेमात्र होइन सेनाको प्रदेश मुख्यालय पनि स्थापना गरेको बताउदै पूर्वाधार नै नभएको स्थानमा लगेको राजधानीबारे पुर्नविचार हुने दाबी गरे ।

गृहमन्त्री खाणले प्रदेश सरकारले हतारिएर चुनावको मुखमा यहाका सामान लोड लगेर दाङ लैजान हतार गरेको भन्दै सहमती विना राजधानी सारिए बाटोबाटै फर्काउने चेतावनी दिए । ‘रुपन्देहीका जनतालाई थाह नदिइ कसैले राजधानी सार्छ भने बाटैबाट त्यो राजधानी सारेर फिर्ता ल्याइने छ ’ उनले भने ।
यसअघि गत शुक्रबार हिमालय टेलिभिजन र अनलाइखबरले रुपन्देहीको भलबारीमा शुक्रबार गरेको निर्वाचन विशेष कार्यक्रममा नेता पौडेललेनेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले यस्तो भनेका थिए – ‘रुपन्देहीको जनप्रतिनिधि र मतदाता भएकाले बुटवलमा राजधानी हुनुपर्छ भनेर आफ्नो विवेक र विश्लेषणका आधारमा भरपूर लडेपनि सफल हुन सकेन, राजधानीको निर्णय गर्ने अधिकार प्रदेश सभाको भएपनि यहांको मतदाता र जनप्रतिनधि भएकाले मौन रहन सकिन्नथ्यो त्यसैले बुटवल हुनुपर्छ भनेर भरपूर लडाई लडेको हो तर कहिलेकांही के हुंदो रहेछ भने कहिलेकांही न्यायको लडाईमा सफलता प्राप्त हुंदो रहेनछ,तर रुपन्देहीबाट दाङ सरेको छ यो कुनै ढुंगाको अक्षर हैन,यो कुनै अर्को प्रदेश सभाले चकले लेखेको अक्षरलाई डस्टरले मेट्न सक्छ यो प्रदेश सभाको कुनै अन्तिम र अपरिवर्तनीय विषय हैन,संविधान त परिवर्तन गर्न सक्छौं ।’
पौडेलको उक्त भनाईमा नेपाली कांग्रेसका केन्द्रीय सदस्इ बालकृष्ण खांणले पनि त्यही कार्यक्रममा समर्थन जनाउंदै राजधानी फिर्ता ल्याउन सकिने धारणा राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार